arrow

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिए 

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
corona-india-test2.jpg

काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबार एकै दिन ७८ हजार ४७९ जना संक्रमित थपिएका हुन् । 

शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ । हाल ७ लाख ६२ हजार ९४८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

आइतबार ६४ हजार ९८२ जनालाई निको भएको छ । निको हुनेको संख्या २७ लाख १२ हजार ५२० पुगेको छ । 

शनिबार ९४३ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान जानेको संखया ६३ हजार ६५७ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ