arrow

कोरोनाबाट विश्वभरी दुई करोड ५० लाखभन्दा बढी संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७७ भदौ १४ आइतबार
corona-world.jpg

मेरिल्याण्ड । कोरोनाभाइरसबाट विश्वभरी संक्रमितहरुको सङ्ख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ । 

जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल संक्रमितको संख्या दुई करोड ५० लाख नौ हजार २५० पुगेको हो । 

कुल संक्रमितमध्ये आठ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । 

मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी संक्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।

पछिल्लो विवरण अनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना संक्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना संक्रमित हुदाँ एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै संक्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ