arrow

घाटा भएपछि भ्यानकुवरमा रहेको ट्रम्प होटेल बन्द

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १४ आइतबार
trump-hotel-vancouver.jpg

भ्यानकुवर। पश्चिमी क्यानडाको प्रमुख शहर भ्याकुवरमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको होटेल व्यावसाय बन्द भएको छ। भ्यानकुवर स्थित ट्रम्प होटेल पूर्णरुपमा अर्थात पुन सञ्चालन नहुने गरी बन्द भएको हो, यद्यपि अर्को ब्राण्डका नाममा फेरि होटेल सञ्चालनमा आउन सक्ने अनुमान गरिएको छ।

मलेसियन मल्टिनेसनल कम्पनी टीए ग्लोबल बेर्हाडको भवन र जमिनमा रहेको ट्रम्पको होटेल बन्द भएपछि त्यहाँ कार्यरत सयौं कर्मचारी बेरोजगार भएका छन्। ३ वर्षअघि सन् २०१७ मा ट्रम्पका तीन सन्तान जेआर, एरिक, र टिफानीले यो होटेलको उद्घाटन गरेका थिए। ३६ करोड अमेरिकी डलरको लागतमा उद्घाटन भएको यो होटेलमा कोरोना भाइरसको माहामारीका कारण घाटा बढ्दै गएपछि कम्पनीले होटेल बन्द गरेको हो।

यसअघि अप्रिलमा माहामारीका कारण अस्थायीरुपमा बन्द भएको होटेल अहिले भने पूर्णरुपमा पुन सञ्चालन नहुने गरी बन्द भएको घोषण भएको हो। उद्घाटनकै बेला होटेलको नाम ट्रम्प राखिएको विरोध झेलेको यो होटेल त्यति चर्चीत भने थिएन।

होटेलको व्यवस्थापक कम्पनी टीए होटेल म्यानेजमेन्ट लिमिटेडले लगानीतकर्ताहरुलाई फिर्ता चुक्ता गर्न नसक्ने भन्दै बैंकरप्सी दर्ता गरेको छ। टीएले करिब १० लाख डलर बराबरको सम्पती रहेको तर करिब ४० लाख बढी ऋण रहेको भन्दै पैंसा चुक्ता गर्न नसक्ने भएपछि बैंकरप्सी दर्ता गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ