arrow

कोरोना संक्रमणमा हरेक दिन भारतमा रेकर्ड बन्दै, थपिए करिब ८० हजार 

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
corona-india2.jpg

काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार एकैदिन ७९ हजार ४५७ जना संक्रमित भएका छन् । शनिबार एकै दिन ७८ हजार ४७९ जना संक्रमित थपिएका थिए ।

शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ । हाल ७ लाख ८१ हजार ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

आइतबार ६० हजार ४०८ जनालाई निको भएको छ । शनिबार ६४ हजार ९८२ जनालाई निको भएको थियो । निको हुनेको संख्या २७ लाख ७२ हजार ९२८ पुगेको छ । 

आइतबार ९६० जनाको ज्यान गएको छ । शनिबार ९४३ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान जानेको संख्या ६४ हजार ६१७ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ