arrow

अमेरिका र ब्रजिलमा स्वात्तै घटे कोरोना संक्रमित, भारत सबैभन्दा अगाडि

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
india-muslim.jpg

काठमाडौं । अमेरिका र ब्रजिलमा कोरोना भाइरसका संक्रमितहरु स्वात्तै घटेका छन् । तर भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार एकैदिन ७९ हजार ४५७ जना संक्रमित भएका छन् । 

अमेरिकामा भने आइतबार ३३ हजार ३ जनामात्र संक्रमित थपिएका छन् । शनिबार ४२ हजार ६६० जना संक्रमित थपिएका थिए । त्यस्तै शुक्रबार ४९ हजार ६५७ जना थपिएका थिए । 

समग्रमा अमेरिकामा ६१ लाख ७३ हजार २२९ जना संक्रमित रहेका छन् । आइतबार ३६९ जनाको मात्र ज्यान गएको छ । अहिलेसम्म १ लाख ८७ हजार २२४ जनाको ज्यान गइसकेको छ । 

शनिबार ९५४ तथा शुक्रबार १ हजार १०५ जनाको ज्यान गएको थियो । 

दोस्रो स्थानको ब्रजिलमा आइतबार १५ हजार ३४६ संक्रमित थपिए । शनिबार ३४ हजार ३६० तथा शुक्रबार ४८ हजार ११२ जना थपिएका थिए । 

अहिलेसम्म १ लाख २० हजार ८९६ जनाको ज्यान लिएको ब्रजिलमा आइतबार ३९८ जना, शनिबार ९०४ तथा शुक्रबार ८६८ जनाको ज्यान गएको थियो । 

भारतमा भने निरन्तर बढ्दो छ । शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ । हाल ७ लाख ८१ हजार ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

आइतबार ९६० जनाको ज्यान गएको छ । शनिबार ९४३ जनाको ज्यान गएको थियो । शुक्रबार १ हजार १९ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान जानेको संख्या ६४ हजार ६१७ पुगेको छ । 

विश्वभर अहिलेसम्म २ करोड ५३ लाख ७८ हजार संक्रमित भएका छन् । ८ लाख ५० हजार बढीको ज्यान गएको छ । आइतबार मात्रै दुई लाख २० हजार बढी नयाँ संक्रमित थपिए भने ४ हजार १ सय ६८ को ज्यान गयो । 

अहिलेसम्म १ करोड ७७ लाख ८२८ जनालाई निको भएको छ । हाल ६८ लाख २६ हजार ७२७ जना सक्रिय संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ