arrow

विदेशमन्त्रीले चीनसँगको सम्बन्धलाई भूलको संज्ञा दिएसँगै श्रीलंका भारतसँग सम्बन्ध सुधार्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १५ सोमबार
india-sri-lanka.jpg

काठमाडौं। केहिदिन अघिमात्रै श्रीलंकाका विदेशमन्त्री दिनेश गुणवर्दनेले हवनटोटा बन्दरगाहको सन्दर्भ उल्लेख गर्दै चीनसँगको सम्बन्ध भुल भएको बताएसँगै भारतसँग सम्बन्ध सुधार्न खोजेको देखिएको छ। श्रीलंकाको बन्दरगाहमा लगानी गरिदिने नाममा बन्दरगाह नै ९९ वर्षको लागि आफ्नो बनाएको चीनले, श्रीलंकाबाट पछिल्ला दिनमा सम्बन्धमा औपचारिकता मात्र पाउन थालेको छ।

चीनसँगको सम्बन्ध भुल भएको भनेसँगै श्रीलंकाले “इन्डिया फस्ट” नीति अंगालेको दाबी कतिपय भारतीय मिडियाले गरेका छन्। श्रीलंकाले विदेश मामिलामा भारतको सुरक्षाको विषयलाई प्राथमिकता दिने घोषणा गरेको दोस्रो दिन भारतीय उच्च आयुक्त गोपाल वागलेले आयोजना गरेको “डिनर डिप्लोमेसी”मा १८ नवनिर्वाचित मन्त्रीहरुले सहभागिता जनाएका थिए।

दुई देशबीचको सम्बन्ध बलियो बनाउन श्रीलंकाको संसदिय निर्वाचनपछि यो पहिलो ठूलो कुटनीतिक भेटघाट रहेको भारतीय मिडियामा खबर छ।
नयाँ दिल्लीसँगको सम्बन्ध बलियो बनाउन श्रीलंकाले कुटनीतिक डिनरमा सहभागिता जनाएको बताइएको छ । नयाँ दिल्लीले श्रीलंकालाई शिक्षा, स्वास्थ्य एवं उद्योगलगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

कार्यक्रममा खेलकुद् मन्त्री एवं प्रधानमन्त्रीका छोरा नानल राजपक्षे, शिक्षामन्त्री जीएल पेइरिस, सञ्चारमन्त्री केहेलिया रम्बुकेवेल्ला, यातायात मन्त्री गामिनि लोकुगे, उर्जामन्त्री उदय गाम्मानपिल्ला, सिचाइमन्त्री छमाल राजापक्षे, पर्यटनमन्त्री प्रसन्ना रानाटुंगा, वातावरणमन्त्री महिन्दा अमरावेरा, कृषीमन्त्री महिन्दनन्द अलुथ्गामागे, व्यापारमन्त्री बन्देउला गुणर्वदाने, वृक्षरोपणमन्त्री रमेस पाथीरान, र पानी आपुर्तिमन्त्री वासुदेव नानायकारालगायतको सहभागिता रहेको थियो।

नयाँ दिल्लीसँगको सम्बन्धलाई अझैं प्रगाढ बनाउन श्रीलंकाले उद्योगी एवं  राष्ट्रपतिका घनिष्ठ अशोक मिलिंगा मोरागोडालाई दिल्लीको नयाँ आयुक्तमा नियुक्त गर्ने भएको समेत समाचारमा जनाइएको छ।

सन् २००१ देखि सन् २०१० सम्म संसदिय सदस्य रहेका मोरागोडा न्याय एवं कानुन सुधारमन्त्री (२००९देखि २००१०), पर्यटनमन्त्री (२००७देखि २००९) र आर्थिक सुधार, विज्ञान प्रविधि र विकासका लागि उपमन्त्रीको रुपमा सन् २००२ देखि २००४ सम्म भुमिका निभाएका थिए।

गतहप्ता श्रीलंका र भारतको सैन्य वेबइनार समेत सम्पन्न भएको थियो । दुईदेशबीच सैन्य क्षेत्रमा सहयोग र सम्बन्ध सुदृढ गर्नका लागि उक्त वेबइनारको आयोजना भएको थियो। पछिल्लो समय श्रीलंकाले भारतसँगको सम्बन्धलाई सुधार गर्दै आएको छ।

श्रीलंकामा लगानी गरिदिने भन्दै त्यहाँको बन्दरगाहमा चीनले ९९ वर्षसम्मका लागि आफ्नो बनाएपछि श्रीलंका चीनसँगको सम्बन्धमा पश्चाताप गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ