arrow

श्रीलंकाका विदेश सचिव भन्छन्, 'सुरक्षाका लागि “भारत पहिलो रणनीति” आवश्यक'

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १५ सोमबार
srilanka-flag.jpg

काठमाडौं। श्रीलंकाका विदेशमन्त्रालयका सचिव जयनाथ कोलोम्बेजले सुरक्षा नीतिका लागि “भारत पहिलो” रणनीति राख्ने बताएका छन्। श्रीलंकाका राष्ट्रपति गोनाबाया राजापाक्षेले कुनै पनि सुरक्षा रणनीतिका विषयमा भारतलाई कुनै घाटा नहुने किसिमले अन्यमुलुकहरुसँग सम्बन्ध राख्ने स्पष्ट पारेका छन्। सन् २०१२ देखि सन् २०१४ सम्म श्रीलंकाको जलसेनाका प्रमुख रहेका कालोम्बेज राजापाक्षेका निकै निकटका व्यक्ति हुन्।

श्रीलंकाले कुनै पनि देशसँग सुरक्षा सम्झौताका विषयमा स्टेजिंग एरियाको रुपमा अर्थात श्रीलंकाको कुनै डिलले अन्य देशलाई घाटा हुन नदिने बताएका छन्।कोलोम्बेजले २४ न्युज च्यानललाई एक अन्तर्वाताका क्रममा श्रीलंकाले भारतका लागि सुरक्षा खतरा हुने कुनै पनि किसिमका नीतिहरु अघि नसार्ने बताएका छन्।

श्रीलंका दुई निकै विकाशिल देशकोबीचमा रहेका कारण सुरक्षात्मक हिसाबले कुनै पनि देशको विरुद्धमा काम नगर्ने र यदि कुनै एकलाई छान्नु परेमा भारतको हितमा नीति अँगाल्ने बताएका हुन्।

हबनटोटा हर्बर श्रीलंकाली बन्दरगाहलाई चीनले आफ्नो हातमा लिनु ठूलो गल्ती भएको बताउँदै कोलोम्बेजले भविष्यमा उक्त बन्दरगाहको ५१ प्रतिशत स्वामित्व श्रीलंकाले लिने समेत बताएका छन्।

यसबाहेक कोलोम्बेजले डेली मिरर सञ्चारमाध्यमसँग बोल्दै भारतले श्रीलंका चीनसँग नजिक रहेको भन्ने आशंकालाई पूर्णरुपमा गलत बताएका छन्। उनले श्रीलंकाले भारतको हितमा काम गर्ने र गर्दै आएको बताएका छन्।

त्यस्तै उनले मोदी सरकारले राजापाक्षे सरकारसँगको सम्बन्लाई अझैं प्रगाढ बनाउँदै लगिरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ