arrow

कोरोना संक्रमणः अमेरिका र ब्रजिलमा बढे, भारतमा केही घटे 

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
anti-trump.jpg

काठमाडौं । अमेरिका र ब्रजिलमा कोरोना भाइरसका संक्रमितहरु आइतबार घटेका भए पनि सोमबार फेरि बढेका छन् । सबैभन्दा बढी भने भारतमै बढेका छन् । 

अमेरिकामा सोमबार ३७ हजार ७५८ जना कोरोनाका संक्रमित थपिए । आइतबार ३३ हजार ३ जनामात्र संक्रमित थपिएका थिए । शनिबार ४२ हजार ६६० जना संक्रमित थपिएका थिए । त्यस्तै शुक्रबार ४९ हजार ६५७ जना थपिएका थिए । 

समग्रमा अमेरिकामा ६२ लाख १० हजार ९९४ जना संक्रमित रहेका छन् । सोमबार ४९० जनाको मात्र ज्यान गएको छ । आइतबार ३६९ जनाको ज्यान गएको थियो । अहिलेसम्म १ लाख ८७ हजार ७१४ जनाको ज्यान गइसकेको छ । 

शनिबार ९५४ तथा शुक्रबार १ हजार १०५ जनाको ज्यान गएको थियो । 

दोस्रो स्थानको ब्रजिलमा सोमबार ४८ हजार ५९० जना संक्रमित थपिए । आइतबार १५ हजार ३४६ संक्रमित मात्र थपिएका थिए । शनिबार ३४ हजार ३६० तथा शुक्रबार ४८ हजार ११२ जना थपिएका थिए । 

अहिलेसम्म १ लाख २१ हजार ५१५ जनाको ज्यान लिएको ब्रजिलमा सोमबार ६१९ जनाको ज्यान गएको छ । आइतबार ३९८ जना, शनिबार ९०४ तथा शुक्रबार ८६८ जनाको ज्यान गएको थियो । 

भारतमा भने सोमबार केही घटेको छ । सोमबार ६८ हजार ७७० जनालाई कोरोना लागेको छ । आइतबार सबैभन्दा बढी ७९ हजार ४५७ जनालाई संक्रमण भएको थियो । शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ । हाल ७ लाख ८४ हजार ५३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

सोमबार ६४ हजार ४३५ जनालाई निको भएको छ । हालसम्म २८ लाख ३७ हजार ३७७ जनालाई निको भइसकेको छ । 

सोमबार ८१८ जनाको ज्यान गएको छ । आइतबार ९६० जनाको ज्यान गएको थियो । शनिबार ९४३ जनाको ज्यान गएको थियो । शुक्रबार १ हजार १९ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान जानेको संख्या ६५ हजार ४३५ पुगेको छ । 

विश्वभर अहिलेसम्म २ करोड ५६ लाख २१ हजार ९१८ जना संक्रमित भएका छन् । ८ लाख ५४ हजार बढीको ज्यान गएको छ । सोमबार मात्रै दुई लाख ३८ हजार भन्दा बढी नयाँ संक्रमित थपिए भने ४ हजार भन्दा बढीको ज्यान गयो । 

अहिलेसम्म १ करोड ७९ लाख २२ हजार बढी जनालाई निको भएको छ । हाल ६८ लाख ४५ हजार भन्दा बढी सक्रिय संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ