arrow

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा विश्वका नेताहरुद्धारा श्रद्धाञ्जलि

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
pranab_mukherjee_covid_positive.jpeg

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको निधनले आफूलाई निकै दुःख लागेको बताएका हुन्। प्रधानमन्त्री हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार लेखेको पत्रमा भारतका पूर्व प्रधानमन्त्री मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र बंगलादेशका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेको बताएका छन्।

त्यसैगरी भुटानका प्रधानमन्त्री लोतये छिरिङले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा भुटानी जनता तर्फबाट भारतीय नतालाई समवेदना दिएका छन्।

त्यसैगरी श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुन्दा अफूलाई निकै दुःख लागेको भनेका छन्।

उनले ट्वीट गर्दै आफ्नो तर्फबाट र श्रीलंकाली नागरिकको तर्फबाट भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उनको परिवार र सबै भारतीय नागरिकप्रति समवेदना व्यक्त गरेका छन्।

त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। भारतमा रहेको रुसी दूतावासले दिएको जानकारीअनुसार भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन्।

उनले सो पत्रमा रुसका एक सच्चा मित्र गुमाउन पुगेको भन्दै उनको कार्यकालमा रुस र भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए।

भारतका १३ औँ राष्ट्रपति मुखर्जीको सोमबार निधन भएको थियो। उनको कार्यकाल सन् उन २०१२ देखि २०१७ सम्म रहेको थियो। पूर्व राष्ट्रपति मुखर्जीको आजै अन्त्येष्टि गरिने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ