arrow

भ्रष्टाचारको आरोपमा साउदीका दुई राजपरिवारका सदस्य बर्खास्त

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
saudi-king-salman.jpg

काठमाडौं। साउदी अरेबियाका राजा सलमानले राजपरिवारका दुई सदस्यलाई बर्खास्त गरेको छ। उनीहरुमाथि भ्रष्टारचार मुद्दामा अनुसन्धान गर्न भनेर चार सैनिकको जिम्मा लगाइएको छ। रक्षामन्त्रीले एक आदेश जारी गर्दै राजकुमार फहद बिन टुर्की बी अब्दुलाजिज अल साउदलाई यमनमा साउदिका सेनाको प्रमुख कमाण्डबार हटाउने आदेश दिएको छ।

त्यस्तै, अल साउदका छोरा राजकुमार अब्दुलाजिज बी फहदलाई अल जउफ क्षेत्रको डिप्युटि गर्भनरबाट बर्खास्त गरिएको निर्णय समेत मन्त्रालयले जारी गरेको छ।

क्राउन प्रिन्स मोहम्मद बिन सलमानको भ्रष्टाचारविरोधी अभियानका नाममा रक्षामन्त्रालयबाट शंकास्पद वित्तिय लेदेन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

सन् २०१७ मा राजकुमार भएपछि बिन सलमानले भ्रष्टाचारविरोधी अभियान सुरु गरेका थिए। उक्त अभियानमा उनले राजपरिवारका सदस्य र अन्य मन्त्रीहरु एवं उच्चपदस्थका व्याक्तिहरुलाई निशाना बनाएका छन्। यसको मुख्य कारण उनले सत्तामा आफ्नो पहुँच बढाउन अर्थात वर्तमान राजापछि साउदिमा आफ्नो सरकार चलाउने रणनीतिले हो भन्ने कुराहरु बाहिर आउँने गरेका छन्।

यसअघि गत मार्चमा ३ सय सरकारी कर्मचारीहरुलाई भ्रष्टाचारकै आरोपमा पक्राउ गरिएको थियो। यमनमा संयुक्त सैन्य फोर्सको कमाण्डर हुनुपूर्व राजकुमार फहद साउदी रोयल ग्राण्ड फोर्स र बिशेष सेनाका कमाण्डर रहेका थिए। राजकुमार फहदका बुवा पूर्वसहमन्त्री रहेका थिए।

मन्त्रालयले जारी गरेको आदेशमा फहदको ठाँउमा मुत्काक बीन सलेम बिन मुत्लाक अल अजिमालाई पुर्नस्थापित गरिने बताइएको छ। सन् २०१५ देखि साउदीले यमन सरकारको पक्षमा सुरक्षाका लागि सैन्य सहयोग गर्दै आएको छ। त्यसै सैन्यबलका कमाण्डर फहद रहिआएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ