arrow

चिनियाँ अर्थतन्त्र यसरी पर्दैछ अप्ठ्यारोमा

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
china-ICT.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावे र अन्य चिनियाँ टेक्नोलोजी कम्पनीमाथि लगाएको प्रतिबन्धले चीनको अर्थतन्त्रलाई अप्ठ्यारोमा पारेको छ। चीनको आफ्नै सिलिकन भ्यालीको नाममा चिनिने दक्षिणपूर्वी गुआंदोंग प्रान्तको शेनझेनको अर्थतन्त्रमा हुवावेमाथिको प्रतिबन्धले असर पारिसकेको छ। चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोष्टले सार्वजनिक गरेको एक रिपोर्टमा अमेरिकी प्रतिबन्धले हुवावेका विश्व बजारमा राज गर्ने लक्ष्यलाई चकनाचुर पारिदिएको खुलाएको छ।

चीनको टेक्नोलोजी हब मानिने शेन्झेनका हरेकजसो कम्पनीहरुले विभिन्न किसिमका प्रतिबन्ध झेलिरहेसँगै त्यहाँको अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको हो। ४० औं बार्षिकोत्सवको अवसरमा चिनियाँ प्रमुख इकोनोमिक हब शेन्झेनको अवस्था कमजोर बन्दै गएको छ। सुरुमा माछा उत्पादन गर्ने क्षेत्रका रुपमा चर्चीत शेन्झेनमा सन् १९८७ मा हुवावेको स्थापना भएसँगै त्यहाँको भाग्य चम्किएको थियो।

पिपुल्स लिब्रेसन आर्मीका रिटायर्ड व्यक्तिले हुवावेको स्थापना गरेका थिए। हुवावेको स्थापनासँगै शेन्झेन शहर प्रमुख टेक्नोलोजी हब बन्दै गएको थियो। १ सय २३ बिलियन अमेरिकी डलर बराबरको वार्षिक आम्दानी गर्ने कम्पनी हुवावे अहिले चीनको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी हो।

हाल, हुवावे, टेन्सेन्ट गेम, बीजीआई, प्रिमियर इलेक्ट्रीक आईटी, अटोमोबाइल कम्पनी, बीवाइडी गेमिंग, जेडटीईलगायतका ठूला टेक्नोलोजी कम्पनी शेन्झनेमै अवस्थित छन्।

यद्यपि हुवावे भने अमेरिकी एप्पल जस्तै शेन्झेनको ठूलो कम्पनी हो। सिलिकन भ्यालीमा एप्पलको पहुँच भन्दा बढी शेन्झेनमा हुवावेको प्रभुत्व रहेको छ। हुवावे शेन्झेनको सबैभन्दा ठूलो राजस्व तिर्ने कम्पनी हो। सन् २०१६ को तथ्यांक अनुसार हुवावेले पूरै शहरको ७ प्रतिशत राजस्व दाखिला गरेको थियो। हुवावेले टेलिकम कम्पनीको रुपमा समेत दक्षिणपूर्वी चीनमा ठूलो टेक्नोलोजिकल विकास गरेको छ । त्यहाँ प्रोग्रामिंग इन्जिनियरिंगलगायतका विभिन्न किसिमका शिक्षाको विकासमा हुवावेले योगदान दिएको छ।

चीनमा मात्रै हैन्, चीनबाहिर पनि आफ्नो ठूलो प्रभुत्व खडा गरेको हुवावेले पछिल्ला २ वर्षयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट विभिन्न किसिमका प्रतिबन्ध झेलेसँगै हुवावेको गती धिमा भएको छ।

ट्रम्प प्रशासनले हुवावेमाथि प्रतिबन्ध लगाउनुको मुख्य कारण सुरक्षा खतरा हो। हुवावेका संस्थापक पूर्व पीएलका सैनिक हुन् र हुवावेले कम्युनिस्ट पार्टीको निर्देशन अनुसार जुनसुकै किसिमको जासुसी गर्न सक्ने सम्भावना रहेको भन्दै ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएको हो।

अमेरिका मात्रै हैन्, भारत, अष्ट्रेलिया, बेलायतलगायतका देशमा पनि हुवावेलाई अस्विकार गरिँदै आएको छ। निकट भविष्यमा जर्मनी र ब्राजिलमा समेत हुवावेको भविष्य अन्धकार हुने देखिएको छ।

हालै हुवावेलाई पूर्णरुपमा प्रतिबन्ध गर्नुका साथै हुवावेका लागि सेमीकन्डक्टर बनाउँन अमेरिकामा रोक लगाएसँगै यसलाई झन धेरै संकट थपिएको छ। हुवावे घाटामा पर्नु भनेको हुवावेलाई घाटा हुनु मात्रै हैन्, शेन्झेनलाई घाटा हन् हो र पक्कै पनि शेन्झेनलाई घाटा हुनु भनेको चीनको अर्थतन्त्रलाई घाटा हुनु हो। हालै लिउ केइमिंग शेन्झेनको एक इन्स्च्ट्युटका निर्देशकले हुवावे बराबरको अर्काे कुनै कम्पनी नरहेको र यसको विश्वव्यापी प्रभुत्वमा ह्रास हुनुले शेन्झेनलाई ठूलो क्षति हुने बताएका छन्।

यसबाहेक अर्को ठूलो कम्पनी टेन्सेन्टको विच्याटलाई पनि प्रतिबन्ध गर्ने प्रस्तावमा ट्रम्पले हस्ताक्षर गरिसकेका छन्। ट्रम्प प्रशासनले विच्याटका माध्यमबाट कुनै पनि ट्रान्जेक्सन गर्नमा समेत रोक लगाएको छ।

चीनको दोस्रो ठूलो कम्पनी टेन्सेन्ट गेम्सका अन्तर्गतको विच्याट र टिकटक अमेरिकामा प्रतिबन्ध हुनु भनेको चीनको अर्थतन्त्रमा अर्काे ठूलो झड्का लाग्नु हो। यसबाहेक अर्काे ठूलो टेक कम्पनी जेडटीईले पनि हुवावेको जस्तै प्रतिबन्ध झेलिरहेको छ । चीनले विकास गर्न लागेको इलेक्ट्रिक गाडीहरुलाई टक्कर दिने कम्पनी टेस्ला अमेरिकामा स्थापित भइसकेको अवस्थामा जापान र अष्ट्रेलियाले पनि चिनियाँ कम्पनीलाई संकटमा पार्ने प्रविधिको विकास गरिरहेका छन्।

विश्वभर चीनलाई टक्कर दिनसक्ने एकमात्र देश अमेरिकाले टेक्नोलोजीका माध्यमबाट विश्वलाई आफ्नो नियन्त्रणमा ल्याउन सक्ने वर्षौका भयंकर योजना थाहा पाएसँगै चीनको गतीलाई सुस्त पारिदिएको छ। विश्वभरका सबै देशले चीनको यर्थाथ भित्रि योजना थाहा पाएर चिनियाँ विस्तारवादलाई अन्त्य गर्ने साझा योजनामा काम गर्न खोजेको पछिल्ला घटनाक्रमले देखाएको छ।

चीनको अर्थतन्त्रलाई उचाइमा लगिरहेको शेन्झेनमा गत वर्ष पूरै हङकङको भन्दा बढी अम्दानी भएको थियो। तर, अब अमेरिका लगायतका देशहरुले चिनियाँ जासुसी प्रविधिमा आोपित रहेको विस्तारवादलाई सुस्त पारिदिएसँगै चिनियाँ अर्थतन्त्र विस्तारै धिमा हुने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ