arrow

कोरोना संक्रमणः अमेरिका र भारतमा बढे, ब्रजिलमा केही घटे 

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
corona-india14.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर अझै घटेको छैन । मंगलबार २ लाख ५८ हजार संक्रमित थपिएका छन् । ५ हजार ८५० को एकै दिन ज्यान गएको छ । 

अहिलेसम्म २ करोड ५८ लाख ९० हजार मानिस संक्रमित भएका छन् । ८ लाख ६० हजार ३०० को हाराहारीमा ज्यान गएको छ । त्यस्तै १ करोड ८१ लाख ८४ हजार भन्दा बढीलाई निको भएको छ । 

अमेरिका र ब्रजिलमा कोरोना भाइरसका संक्रमितहरु आइतबार घटेका भए पनि सोमबार फेरि बढेका छन् । सबैभन्दा बढी भने भारतमै बढेका छन् । 

अमेरिकामा मंगलबार ४१ हजार ६६४ संक्रमित थपिए । सोमबार ३७ हजार ७५८ जना कोरोनाका संक्रमित थपिएका थिए । आइतबार ३३ हजार ३ जनामात्र संक्रमित थपिएका थिए । शनिबार ४२ हजार ६६० जना संक्रमित थपिएका थिए । त्यस्तै शुक्रबार ४९ हजार ६५७ जना थपिएका थिए । 

समग्रमा अमेरिकामा ६२ लाख ५७ हजार २५६ जना संक्रमित रहेका छन् । मंगलबार १ हजार १४० जनाको ज्यान गएको छ । सोमबार ४९० जनाको मात्र ज्यान गएको थियो । आइतबार ३६९ जनाको ज्यान गएको थियो । अहिलेसम्म १ लाख ८८ हजार ८७६ जनाको ज्यान गइसकेको छ । शनिबार ९५४ तथा शुक्रबार १ हजार १०५ जनाको ज्यान गएको थियो । 

दोस्रो स्थानको ब्रजिलमा मंगलबार ४१ हजार ८८९ जना संक्रमित थपिए । सोमबार ४८ हजार ५९० जना संक्रमित थपिएका थिए । आइतबार १५ हजार ३४६ संक्रमित मात्र थपिएका थिए । शनिबार ३४ हजार ३६० तथा शुक्रबार ४८ हजार ११२ जना थपिएका थिए । अहिलेसम्म ब्रजिलमा ३९ लाख ५२ हजार ७९० जना संक्रमित भइसकेका छन् । निको हुनेको संख्या ३४ लाख ९६ हजार ४३७ मात्रै रहेको छ ।  

अहिलेसम्म १ लाख २२ हजार ६८१ जनाको ज्यान लिएको ब्रजिलमा मंगलबार १ हजार १६६ जनाको ज्यान गएको छ । सोमबार ६१९ जना, आइतबार ३९८ जना, शनिबार ९०४ तथा शुक्रबार ८६८ जनाको ज्यान गएको थियो । निको हुनेको संख्या ३१ लाख ५९ हजार ९६ रहेको छ । 

भारतमा मंगलबार फेरि बढेको छ । मंगलबार ७८ हजार १६९ जना संक्रमित थपिए । सोमबार ६८ हजार ७७० जनालाई कोरोना लागेको थियो । आइतबार सबैभन्दा बढी ७९ हजार ४५७ जनालाई संक्रमण भएको थियो । शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३७ लाख ६६ हजार १०८ पुगेको छ । हाल ७ लाख ९९ हजार ५३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

मंगलबार ६२ हजार १४४ जनालाई निको भएको छ । सोमबार ६४ हजार ४३५ जनालाई निको भएको थियो । हालसम्म २८ लाख ९९ हजार ५२१ जनालाई निको भइसकेको छ । 

मंगलबार १०२७ जनाको ज्यान गएको छ । सोमबार ८१८ जना, आइतबार ९६० जना, शनिबार ९४३ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म भारतमा ज्यान जानेको संख्या ६६ हजार ४६० पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ