arrow

फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

logo
एपी,
प्रकाशित २०७७ भदौ १७ बुधबार
macron-french.jpg

बग्दाद ।  फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुगेका छन् । लेबनानको दुई दिने भ्रमणपछि उन इराक आएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । 

इराकमा पूर्व गुप्तचर प्रमुख मुस्ताफा अल कादिमी प्रधानमन्त्री भएपछि फ्रान्सबाट इराक आएकामध्ये म्याँक्रो नै सबैभन्दा वरिष्ट पदाधिकारी हुन् । इराकमा कादिमीको नेतृत्वमा गत मे महिनामा नयाँ सरकार गठन भएको हो । 

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायतका शिर्ष नेताहरुलाई भेट्ने अपेक्षा गरिएको छ । भेटवार्ताका क्रममा उनहरुका बीचमा आपसी सम्बन्ध, दुई पक्षीय सहकार्य, कोरोनाभाइरसको असर, आर्थिक संकट, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा छलफल हुने बताइएको छ । 

लेबनान भ्रमणकै क्रममा पनि उनले आफू इराकको समेत भ्रमणको तयारीमा रहेको र त्यहाँँको भ्रमणका क्रममा शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताएका थिए ।  

अल कादिमी नेतृत्वको सरकारलाई इराकमा संयुक्त राष्ट्रसंघले पनि समर्थन गरेको छ । तर अमेरिका र इराकका बीचमा भने तनाब थप बल्झिएको छ । इराकमा गत जनवरीमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि दुई देशबीचको सम्वन्ध थप बिग्रिएको हो । 
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेरिकासँगको सम्बन्ध सुधारका बारेमा पनि इराकी शीर्ष नेताहरुसँग छलफल गर्नुहुने अपेक्षा गरिएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ