arrow

कार दुर्घटनामा पाँच युवाको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १७ बुधबार
dead2.jpg

तेलङ्गना । भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको ज्यान गएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा ती पाँच जनाको ज्यान गएको प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिएका छन् । 

उनका अनुसार बुधबार अपरान्ह  १:३० बजे पाँच जना युवा सवार रहेका एक कार दुर्घटनाग्रस्त भएको थियो । उनीहरुलाई प्रहरीले उद्धार गरेको तर घटनास्थलमै उनीहरुको ज्यान गएको बताइएको छ  । 

उनीहरु सवार रहेको कारको विपरीत दिशाबाट आएको एक ट्रकले सो कारलाई ठक्कर दिएको थियो । त्यसपछि कार पनि उछिट्टिएको प्रहरीले जनाएको छ ।   प्रहरी निरिक्षक रेड्डीले उनीहरुको घटनास्थलमै निधन भए तापनि प्रहरीले थप अनुसन्धान भने गरिरहेको जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ