arrow

ट्रम्पद्वारा दुःख व्यक्त

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १७ बुधबार
Pranam-Mukharji.jpg.jpeg

वासिङटन । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

उनले भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको र आफूलाई निकै दुःख लागेको बताएका छन् । 

मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर भारतका पूर्वराष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका हुन्। पूर्व राष्ट्रपति मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र संयुक्त राज्य अमेरिकाका तर्फबाट मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि तथा भारत र भारतीय जनताप्रति समवेदना व्यक्त गरेका छन् । 

मङ्गलबार ट्वीट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ