arrow

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित, अमेरिका र ब्रजिलभन्दा दोब्बर

एकैदिन थपिए दुई लाख ८५ हजार संक्रमित, ६ हजार २५० को मृत्यु

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
corona-india10.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर अझै घटेको छैन । बुधबार २ लाख ८५ हजार संक्रमित थपिएका छन् । ६ हजार २७५ जनाको ज्यान गएको छ । 

जबकि मंगलबार २ लाख ५८ हजार संक्रमित थपिएका थिए । ५ हजार ८५० को एकै दिन ज्यान गएको थियो । 

अहिलेसम्म २ करोड ६१ लाख ६८ हजार ९७५ मानिस संक्रमित भएका छन् । ८ लाख ६६ हजार ५७३ को हाराहारीमा ज्यान गएको छ । त्यस्तै १ करोड ८४ लाख ३० हजार भन्दा बढीलाई निको भएको छ । 

अमेरिका र ब्रजिलमा कोरोना भाइरसका संक्रमितहरु आइतबार घटेका भए पनि सोमबारदेखि फेरि बढेका छन् । सबैभन्दा बढी भने भारतमै बढेका छन् । 

अमेरिकामा बुधबार ४० हजार ७६३ जना संक्रमित भए । मंगलबार ४१ हजार ६६४ संक्रमित थपिएका थिए । सोमबार ३७ हजार ७५८ जना कोरोनाका संक्रमित थपिएका थिए । आइतबार ३३ हजार ३ जनामात्र संक्रमित थपिएका थिए । शनिबार ४२ हजार ६६० जना संक्रमित थपिएका थिए । त्यस्तै शुक्रबार ४९ हजार ६५७ जना थपिएका थिए । 

समग्रमा अमेरिकामा ६२ लाख ९० हजार २८९ जना संक्रमित रहेका छन् । बुधबार १ हजार ६१ जनाको ज्यान गएको छ । मंगलबार १ हजार १४० जनाको ज्यान गएको थियो । सोमबार ४९० जनाको मात्र ज्यान गएको थियो । आइतबार ३६९ जनाको ज्यान गएको थियो । अहिलेसम्म १ लाख ८९ हजार ९३५ जनाको ज्यान गइसकेको छ । शनिबार ९५४ तथा शुक्रबार १ हजार १०५ जनाको ज्यान गएको थियो । अहिलेसम्म ३५ लाख ४१ हजार ९८१ जना कोरोनामुक्त भएका छन् । 

दोस्रो स्थानको ब्रजिलमा बुधबार ४८ हजार ६३२ जना संक्रमित थपिए । मंगलबार ४१ हजार ८८९ जना संक्रमित थपिएका थिए । सोमबार ४८ हजार ५९० जना संक्रमित थपिएका थिए । आइतबार १५ हजार ३४६ संक्रमित मात्र थपिएका थिए । शनिबार ३४ हजार ३६० तथा शुक्रबार ४८ हजार ११२ जना थपिएका थिए । अहिलेसम्म ब्रजिलमा ४० लाख १ हजार ४२२ जना संक्रमित भइसकेका छन् । निको हुनेको संख्या ३२ लाख १० हजार ४०५ मात्रै रहेको छ ।  

अहिलेसम्म १ लाख २३ हजार ८९९ जनाको ज्यान लिएको ब्रजिलमा बुधबार १ हजार २१८ जनाको ज्यान गएको छ । मंगलबार १ हजार १६६ जनाको ज्यान गएको थियो । सोमबार ६१९ जना, आइतबार ३९८ जना, शनिबार ९०४ तथा शुक्रबार ८६८ जनाको ज्यान गएको थियो । 

भारतमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार ८२ हजार ८६० जना संक्रमित थपिएका हुन् । मंगलबार ७८ हजार १६९ जना संक्रमित थपिएका थिए । सोमबार ६८ हजार ७७० जनालाई कोरोना लागेको थियो । आइतबार सबैभन्दा बढी ७९ हजार ४५७ जनालाई संक्रमण भएको थियो । शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ । हाल ८ लाख १३ हजार ४८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

बुधबार ६७ हजार ८७४ जनालाई निको भएको छ । यो हालसम्मकै सबैभन्दा बढी हो । मंगलबार ६२ हजार १४४ जनालाई निको भएको छ । सोमबार ६४ हजार ४३५ जनालाई निको भएको थियो । हालसम्म २९ लाख ६७ हजार ३९८ जनालाई निको भइसकेको छ । 

बुधबार १ हजार २६ जनाको ज्यान गएको छ । मंगलबार १०२७ जनाको ज्यान गएको थियो । सोमबार ८१८ जना, आइतबार ९६० जना, शनिबार ९४३ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म भारतमा ज्यान जानेको संख्या ६७ हजार ४८६ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ