arrow

भारत : दैनिक संक्रमितको अत्यधिक बृद्धि, एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
corona-india-test1.jpg

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । 

पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट संक्रमित भेटिएका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना संक्रमित भेटिएका छन् । यो संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको भनाई छ । 

पछिल्लो थप संक्रमितहरुसँगै भारतमा कुल संक्रमितहरुको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 


मन्त्रालयका अनुसार कुल संक्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना संक्रमणमुक्त भइसकेका छन् । 

त्यस बाहेक आठ लाख १५ हजार ५३८ जना भने अझै पनि संक्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 
कोरोनाभाइरसको संक्रमणको प्रभाव भारतका प्रदेशहरु मध्ये सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । त्यस प्रदेशमा अहिलेसम्म दुई लाख दई हजार ४८ जना संक्रमित भेटिएका छन् । 

भारतमा देशभरी एकैदिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ । भारतमा अहिलेसम्म साढे चार करोडभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ