arrow

वासिङ्टन डिसीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
gun-bullet-ar.jpeg

वासिङ्टन डिसी ।  अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ ।
 
महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति करिब ८.३० बजे अरेन्ज स्ट्रिटमा भएको हो । प्रहरीले उक्त घटनामा मारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ । 

वासिङ्टन डिसीका प्रहरी प्रमुख पिटर न्यूशामले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति चढेको सवारी साधनलाई लखेटेको र गाडीबाट केही व्यक्ति भागेको जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ