arrow

अमेरिका र ब्रजिलमा भन्दा भारतमा दोब्बर कोरोना संक्रमित, यस्तो छ तथ्यांक  

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
corona-india-military.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर अझै घटेको छैन । विश्वभर २ लाख ८६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ५ हजार ८७० भन्दा बढीको ज्यान गएको छ । 

जबकि बुधबार २ लाख ८५ हजार तथा मंगलबार २ लाख ५८ हजार संक्रमित थपिएका थिए । 

अहिलेसम्म २ करोड ६४ लाख ५६ हजार ८०० भन्दा बढी मानिस संक्रमित भएका छन् । ८ लाख ७२ हजार ५०० को हाराहारीमा ज्यान गएको छ । त्यस्तै १ करोड ८६ लाख ४६ हजार भन्दा बढीलाई निको भएको छ । 

अमेरिका र ब्रजिलमा कोरोना भाइरसका संक्रमितहरु आइतबार घटेका भए पनि सोमबारदेखि फेरि बढेका छन् । सबैभन्दा बढी भने भारतमै बढेका छन् । 

अमेरिकामा बिहीबार ४४ हजार १०० भन्दा बढी संक्रमित थपिए । बुधबार ४० हजार ७६३ जना संक्रमित भएका थिए । मंगलबार ४१ हजार ६६४ संक्रमित थपिएका थिए । सोमबार ३७ हजार ७५८ जना कोरोनाका संक्रमित थपिएका थिए । आइतबार ३३ हजार ३ जनामात्र संक्रमित थपिएका थिए । शनिबार ४२ हजार ६६० जना संक्रमित थपिएका थिए । त्यस्तै शुक्रबार ४९ हजार ६५७ जना थपिएका थिए । 

समग्रमा अमेरिकामा ६३ लाख ३४ हजार ८४५ जना संक्रमित रहेका छन् । बिहीबार १ हजार ८२ जनाको ज्यान गएको छ । बुधबार १ हजार ६१ जनाको ज्यान गएको थियो । मंगलबार १ हजार १४० जनाको ज्यान गएको थियो । सोमबार ४९० जनाको मात्र ज्यान गएको थियो । आइतबार ३६९ जनाको ज्यान गएको थियो । अहिलेसम्म १ लाख ८९ हजार ९३५ जनाको ज्यान गइसकेको छ । शनिबार ९५४ तथा शुक्रबार १ हजार १०५ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म अमेरिकामा ३५ लाख ७२ हजार ७८३ जना कोरोनामुक्त भएका छन् । अमेरिकामा ८ करोड ४७ लाख ७६ हजार २१ वटा परीक्षण भएका छन् ।

दोस्रो स्थानको ब्रजिलमा बिहीबार ४४ हजार ७२८ जना संक्रमित थपिए । बुधबार ४८ हजार ६३२ जना संक्रमित थपिएका थिए । मंगलबार ४१ हजार ८८९ जना संक्रमित थपिएका थिए । सोमबार ४८ हजार ५९० जना संक्रमित थपिएका थिए । आइतबार १५ हजार ३४६ संक्रमित मात्र थपिएका थिए । शनिबार ३४ हजार ३६० तथा शुक्रबार ४८ हजार ११२ जना थपिएका थिए । अहिलेसम्म ब्रजिलमा ४० लाख ४६ हजार १५० जना संक्रमित भइसकेका छन् । निको हुनेको संख्या ३२ लाख ४७ हजार ६१० रहेको छ ।  

अहिलेसम्म १ लाख २४ हजार ७२९ जनाको ज्यान लिएको ब्रजिलमा बिहीबार ८३० जनाको ज्यान गएको छ । बुधबार १ हजार २१८ जनाको ज्यान गएको थियो । मंगलबार १ हजार १६६ जनाको ज्यान गएको थियो । सोमबार ६१९ जना, आइतबार ३९८ जना, शनिबार ९०४ तथा शुक्रबार ८६८ जनाको ज्यान गएको थियो । 

यता, भारतमा बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीबार ८४ हजार १५६ जना संक्रमित थपिएका हुन् । यो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी हो । 

यसअघि बुधबार त्यो दिनसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका थिए । बुधबार ८२ हजार ८६० जना संक्रमित थपिएका हुन् । मंगलबार ७८ हजार १६९ जना संक्रमित थपिएका थिए । सोमबार ६८ हजार ७७० जनालाई कोरोना लागेको थियो ।

आइतबार सबैभन्दा बढी ७९ हजार ४५७ जनालाई संक्रमण भएको थियो । शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३९ लाख ३३ हजार १२४ पुगेको छ । हाल ८ लाख २९ हजार ६८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

बिहीबार ६७ हजार ४९१ जनालाई निको भएको छ । बुधबार सबैभन्दा बढी ६७ हजार ८७४ जनालाई निको भएको थियो । मंगलबार ६२ हजार १४४ जनालाई निको भएको छ । सोमबार ६४ हजार ४३५ जनालाई निको भएको थियो । हालसम्म २९ लाख ६७ हजार ३९८ जनालाई निको भइसकेको छ । 

बिहीबार १ हजार ८३ जनाको ज्यान गएको छ । बुधबार १ हजार २६ जनाको ज्यान गएको थियो । मंगलबार १०२७ जनाको ज्यान गएको थियो । सोमबार ८१८ जना, आइतबार ९६० जना, शनिबार ९४३ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म भारतमा ज्यान जानेको संख्या ६८ हजार ५६९ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या ८ लाख ४३ हजार ८४४ पुगेको छ । बिहीबार मात्रै त्यहाँ १८ हजार १०५ जना संक्रमित भएका छन् । २५ हजार ५८६ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ