arrow

अष्ट्रेलियाकी पत्रकार चीनमा पक्राउ, रिहा गर्न आईएफजेको माग

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
li-journalist-australia.jpg

काठमाडौं। चिनियाँ केन्द्रीय टेलिभिजन(सिजिटिएन)की अष्ट्रेलियन कार्यक्रम प्रस्तोतालाई चिनियाँ प्रहरी अधिकारीहरुले पक्राउ गरेका छन्। अष्ट्रेलियाका विदेशमन्त्री मारिस पाइनले विज्ञप्ती जारी गर्दै चेंग लीलाई १४ अगस्तमा पक्राउ गरिएको जानकारी गराएको हो। अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले लीलाई पक्राउ गर्नुको स्पष्टिकरण दिन आग्रह गर्दै तत्काल छोड्न माग गरेको छ।

८ वर्षदेखि सीजीटीएनका लागि काम गर्दै आएकी ली सुरुमा बिजनेस रिपोर्टर रहेकी थिइन् । चीनको हुनान प्रान्तको युयांगमा जन्मेकी लिका परिवार सन् १९७५ मा अष्ट्रेलिया बसाइ सरेका थिए । ली १० वर्षको उमेरमै मेलबर्न पुगेकी थिइन् । सन् २००१ देखि चीनमा काम सुरु गरेकी लीले सन् २००२ मा सीसीटीभी न्युजमा काम शुरु गरेकी थिइन्। उनले सीएनबीसीका लागि समेत काम गरेकी थिइन्।

चेंग लीलाई अहिले कुनै जरिवाना भने तोकिएको छैन । यद्यपी उनलाई यस्तो ठाँउमा राखिएको छ जहाँ संदिग्धलाई ६ महिनासम्म राख्न सक्ने प्रावधान छ। उनलाई कुनै वकिलसँग भेट्न दिइएको छैन।

एबीसीका अनुसार चेंग लीले सुरुका केही दिनमा आफ्ना साथिहरुको म्यासेजको प्रतिक्रिया दिएकी थिइनन्। किन उनले यस्तो गरिन् भन्नेकुरा अष्ट्रेलियाको विदेश मन्त्रालयले २७ अगस्तमा मात्रै चिनियाँ अधिकारीहरुले विशेष निगरानीमा राखेको थाहा पाएपछि खुलासा भएको थियो। लीका २ बच्चाहरु मेलबर्नमै रहेका छन् । अष्ट्रेलियाले ली र लीको परिवारको पूर्ण हेरचाह गर्ने बताएको छ। विदेश मन्त्रालयले यो हप्ता विज्ञप्ती जारी गर्दै ली र उनको परिवारप्रति सरकार जानकार रहेको बताएको हो।

चीनमा पक्राउ गर्नुको कारण र बाँकी सबै प्रकृयाहरु पूरा गरेर चाँडै नै स्थिती सामान्य हुने अष्ट्रेलियाले जनाएको छ । अष्ट्रेलियाली उच्च पदस्थ नागरिक चीनमा पक्राउ पर्नेमा ली दोस्रो व्यक्ति हुन् । यसअघि सन् २०१९ मा अष्ट्रेलियाली लेखक यांग हेन्जुन्गर्ला पक्राउ गरिएको थियो।

अन्तराष्ट्रिय पत्रकार महासंघले बिना कुनै कारण लीलाई पक्राउ गरेकोमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताउँदै तत्काल स्पष्टिकरण दिइ उनलाई छोड्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ