arrow

जि२० का सदस्य राष्ट्रहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
g20-nation.jpg

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड१९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि२० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन्।

उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि पनि उनले ती देशहरुलाई आग्रह गर्नुभएको बताइएको छ। बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।

महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताए।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाकाक मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न उनले सो आग्रह गरेका हुन्।

महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उनले भने। सोही बैठकमा उक्त संगठनका विदेशमन्त्रीहरुले भने देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएको समाचार जनाइएको छ।

साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो। सो बैठकमा सबै देशका विदेशमन्त्रीहरुले कोभिड१९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका विरुद्धमा मिलेर र समन्वय गरेर लड्नुपर्नेमा पनि जोड दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ