arrow

इमरान खानका मुख्य सल्लाहकारले दिए राजीनामा

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
imran-khan-and-bajwa-pak.jpg

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गरेका हुन् । 

उनले आफूले पदबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल ट्वीटरबाट बिहीबार नै दिएका छन्। प्रधानमन्त्री खानको विषेश सहयोगीका रुपमा आफूले गर्दै आइरहेको कामबाट आफू अलग भएको उनले स्पष्ट पारेका छन्।  

पूर्व प्रमुख सैन्य प्रवक्ता समेत भइसकेका बाज्वाले चीन पाकिस्तान आर्थिक करिडोर प्राधिकरणको अध्यक्षका रुपमा भने आफूले काम गरिरहने जानकारी दिए । उनले सो परियोजना प्रधानमन्त्री खानको अत्यन्त प्राथमिकतामा रहेको र देशको भविश्यलाई नै उज्ज्वल बनाउने किसिमको भएकाले पनि आफूले काम गरिरहने बताए ।

“मलाई विश्वास छ की, प्रधानमन्त्रीले मलाई प्राधिकरणको काममा पुरै केन्द्रित भएर काम गर्न अनुमति दिनुहुने छ,” उनले भनेका छन् । देशको अहिलेको मुख्य आवश्यकता पनि करिडोर नै भएकाले आफूले सवै शक्ति करिडोरका लागि लगाउने उनले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ