arrow

मंगोलियन भाषामा लगाइएको प्रतिबन्धविरुद्ध उत्तरी चीनमा मंगोलहरुको प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
china-flag.png

बेइजिङ । उत्तरी चीनमा मंगोलियाली भाषाको शिक्षामाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंगोलहरुले विरोध प्रदर्शन गरेका छन् । मंगलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि अभिभावकरुले उक्त नीतिको विरोधस्वरुप बालबालिकाहरुलाई विद्यालय भर्ना गरेका छैनन् । चीन सरकारले जारी गरेको नियम अन्तर्गत भित्री मंगोलियामा तीन विषयमा अनिवार्य चिनियाँ औपचारिक भाषा मेन्डारिनमा पढाउनु पर्नेछ । 

उत्तरी चीनमा रहेका मंगोलियनहरू यो कदमलाई तिनीहरूको सांस्कृतिक पहिचानको लागि खतरा ठान्छन् । चीन सरकारले परिवर्तन गरेको यस नियमको विरोधमा विद्यार्थी र अभिभावकको ठूलो संख्यामा उपस्थित भएका थिए । साताको सुरुवातबाट विभिन्‍न सहरहरुमा सरकारविरुद्धका प्रदर्शनहरु सुरु भएका हुन् । 

"हाम्रो भाषा मंगोलियाई हो र हाम्रो मातृभूमि सदाको लागि मंगोलिया हो ! हामी आफ्नो मातृभाषाको लागि मर्न तयार छौं !" हालसालै भएको एउटा विरोध प्रदर्शनमा विद्यार्थीहरूले रेडियो फ्री एशियासँग भनेका थिए ।

यसविरुद्ध महिलाहरुले सामूहिक हस्ताक्षर संकलन गरेर मंगोलियनहरुको भाषामार्फत नै पढाउन पाउनुपर्ने दबाब दिने भएका छन् । स्थानिय मंगोलियन युवाहरुले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका छन् । 

चिनियाँ विद्यालयहरुमा तीन विषयहरू राजनीति, इतिहास र भाषा र साहित्य मंगोलियन भाषाबाट नभई मेन्डारिन भाषामा पढाउनुपर्ने नियम बनाइएको छ । यसअघि जातीय अल्पसंख्यकहरुले आफ्नो मातृभाषामा पढाउँदै आएका थिए । 

दक्षिणी मंगोलियन मानवाधिकार सूचना केन्द्र, न्यु योर्कमा आधारित एउटा सक्रिय समूहले यस क्षेत्रभरि आक्रोशपूर्ण प्रदर्शनहरु भएको जनाएका छ । चीन सरकारले विद्यालय बन्द भएको बेलामा लागू गरेको यो व्यवस्था धेरै अभिभावकहरूले विद्यालय खुलेपछि मात्रै यो जानकारी पाएका थिए । 

विद्यालय भर्ना गरिसकेपछि मात्रै अभिभावकहरुले सो नीतिबारे थाहा पाएपछि आफ्नो विद्यार्थी भर्ना रोक्‍ने र विद्यालय पठाउन रोकेका थिए । 

"सयौं  प्रहरीहरूले आफ्ना बालबालिका फिर्ता लिन गएका अभिभावकलाई विद्यालयको छात्रावासभित्र प्रवेश गर्नबाट रोकेका थिए । केही घण्टाको अवरोध र रस्साकस्सीपछि अभिभावकहरूले अन्ततः पुलिसको ब्यारेकेड तोडेर आफ्ना बालबालिकाहरूलाई फिर्ता लगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ