arrow

विस्फोटको महिनादिनमा एक व्यक्तिको मुटुको धडकनको सङ्केत पाइएपछि...

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
berut-bisfot.jpg

बेरूत । बेरुत विस्फोटको एक महिना पछि भग्नावशेषमा एक व्यक्ति अझै जीवित रहेको हुनसक्ने रिपोर्टको आधारमा उद्धारकर्मीहरूले शुक्रबार खोजीलाई जारी राखेका छन् । 

शहरको बन्दरगाहमा भएको विशाल विस्फोटको एक महिनापछि भग्नावशेषभित्र जीवित व्यक्ति पाउने चमत्कारी आशासहित खोजीलाई निरन्तरता दिइएको हो । 

अगस्त ४ को उक्त दुखद विस्फोटका कारण १९१ व्यक्तिको ज्यान लिएको थियो । लेबनानमा शान्ति स्थापनापछिको सबैभन्दा घातक घटना मानिएको यस दुर्घटनामा सात व्यक्ति अझै हराइरहेको सूचीमा रहेका छन् ।

बिहीबार एक विशेषज्ञ उपकरणले एउटा घरको भग्नाबशेषमा च्यापिएको अवस्थामा एक व्यक्तिको मुटुको धडकनको सङ्केत पाइएको बताएपछि खोजीलाई निरन्तरता दिइएको हो । 

चिली र लेबनानका उद्धारकर्मीहरूले शुक्रबार हातहतियार प्रयोग गरेर नै भवनको भग्नावशेष हटाउने प्रयास गरेका थिए । तर अँध्यारो र हातले सिमेन्टले बनेका घरका अवरोधलाई हटाउन कठिनाइ भएपछि गेम्माएजेह र मार मिखाइलबीचको उक्त स्थानमा केही घयटा उद्धारकार्यलाई रोकिएको थियो । रातभरको तयारीपछि उनीहरूले आफ्नो प्रयासलाई पुनः सुरु गरेको घटनास्थलका उपलब्ध एएफपी फोटोग्राफरले बताएका छन् । 

लेबनानको नागरिक प्रतिरक्षाका जर्ज अबू मौसाले भने, “हामीले अवरोधलाई हटाएका छौँ तर हामी भग्नावशेषमा मानिस जीवितै पाइने विश्वासलाई अझै गुमाएका छैनौँ ।”

चिली र लेबनानी उद्धारकर्ताहरूसँग समन्वय गरिरहेका निकोलस सादेले शुक्रबार पत्ता लगाएको धढड्कन पहिलेको रेकर्डिंगको तुलनामा सुस्त भएको पाइएको छ । 

“ठूला भागहरू हटाएपछि हामीले फेरि मुटुको धड्कन वा श्वासप्रश्वासका लागि ‘स्क्यान’ ग¥यौं, यसले धड्कन र श्वासप्रश्वासका सङ्केत बिहीबारको तुलनामा कम देखाएको छ अर्थात् प्रति मिनेट सात पटक धड्कन मापन गरिएको उनले एएफपीलाई बताए । 

बिहीबार मुटुको धड्कन प्रति मिनेट १६ देखि १८ पटक मापन गरिएको थियो । उद्धारकर्मीले जीवितै उद्धार गर्ने झिनो आशासहित कामलाई निरन्तरता दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ