arrow

रसियाले बनाएको खोप सफल देखियो : अध्ययन

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
coronavirus-vaccine.jpg

काठमाडौं। कोरोना भाइरसविरुद्ध दाबी गरिएको विश्वकै पहिलो खोपले भाइरसविरुद्ध प्रतिरक्षा प्रणाली बलियो गराएको देखिएको छ। शुक्रबार मेडिकल जर्नल लान्सेटमा प्रकासित एक अध्ययनले खोपको साइड इपेक्ट ज्वरो आउने तर, ज्वरो सामान्य रहेको उल्लेख गरेको छ।

रसियाले अगस्तमा कोरोनाविरुद्धको खोपको विकास गरेको दाबी गरेसँगै उसले थुप्रै आलोचनाहरु झेलेको थियो। तेस्रो चरणको परीक्षण अघि नै रुसले खोप सफल हुने दाबी गरेको थियो। तेस्रो चरणको परीक्षणको पहिलो र दोस्रो अध्ययनमा ७६ जनामा खोप लगाइएको र सबैको प्रतिरक्षा प्रणाली बलियो भएको शुक्रबार प्रकासित अध्ययनमा जनाइएको सिएनएनले समाचार प्रकाशित गरेको छ।

यति मात्रै हैन्, उनीहरुको शरिरमा उत्पन्न भएको एन्टीबडी प्राकृतिक रुपमै अर्थात आफै निको भइरहेका मानिसहरुको जतिकै मात्राको रहेको छ। अनुसन्धानबाट खोपले टी सेल अर्थात शरिरमा भएको संक्रमणलाई नष्ट गर्ने कोषीकाहरुलाई पनि क्रियाशिल पारेको देखिएको छ।

यद्यपि खोपको सफलता र सुरक्षाबारे अझैं लामो अध्ययनको आवश्यक्ता रहेको अधिकारीहरुले बताएका छन्। खोप दिइएकामध्ये आधामा ज्वरो ४२ प्रतिशत, टाउको दुखाइ २८ प्रतिशत, कमजोरी महशुस २४ प्रतिशत सहित माशंपेसीको दुखाई जस्ता साइड इफेक्ट देखिएको छ।

अगस्त २६ बाट अन्तिम चरणको परीक्षण सुरु गरिएको खोपमा ४० हजारमाथि परीक्षण हुने लान्सेटले जनाएको छ। खोप कति सुरक्षित र सफल हुन्छ भनेर थप परीक्षण जारी छ।

आउँदो हप्ताबाट मास परीक्षण अर्थात ५ हजारभन्दा बढीमा खोप लगाइने र अध्ययन अघि सारिने रुसले जनाएको छ। यो खोप रुसको स्वास्थ्यमन्त्रालयले अनुमति दिइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ