arrow

माल्दिभ्समा भारत र चीनको प्रभाव प्रतिष्पर्धा, भारतले गर्‍यो ५०करोड डलर आर्थिक प्याकेजको घोषणा

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
maldives1.jpg

काठमाडौं । भारतले माल्दिभ्सका लागि ५० करोड अमेरिकी डलरको आर्थिक सहयोग प्याकेज घोषणा गर्दै माल्दिभ्समा आफ्नो प्रभाव बढाएको छ । चीन र भारतले दक्षिण एसियाली क्षेत्रमा आफ्नो प्रभाव बढाउन प्रतिष्पर्धा जारी राखेकै बेला माल्दिभ्समा भारतको प्रभाव बढ्दै गएको देखिएको हो ।  

माल्दिभ्स आकार र जनसंख्या दुवैको हिसाबले एसियाको सबभन्दा सानो देश हो । तर हिन्द महासागरमा अवस्थित द्वीपसमूहहरु मिलेर बनेको राष्ट्र माल्दिभ्स रणनीतिक रुपमा निकै महत्वपूर्ण छ । माल्दिभ्सले विगतमा चीन र भारतको लागि कूटनीतिक रणभूमिको रूपमा काम गरेको थियो । 

क्षेत्रीय रूपमा, नयाँ दिल्लीबाट प्राप्त सहयोगलाई बेइजिङ समर्थक सरकारलाई पराजित गर्ने प्रयास अनुसार आफ्नो स्थिति सुदृढीकरणका लागि व्यापक रूपमा प्रयोग गरेको रणनीतिकारहरु बताउँछन् । २०१८ मा भारत पहिलो भन्‍ने राष्ट्रपति इब्राहिम सोलिहले चीन समर्थक मानिएका अब्दुल्ला यमिनलाई पराजित गरेर माल्दिभ्समा नयाँ दिल्लीको परम्परागत प्रभाव पुनर्स्थापित गरेको भारतीय मिडियाले जनाएका छन्।

भारतले फेरि माल्दिभ्समा आफ्नो प्रभुत्व कायम गरेसँगै चीनले पनि प्रभाव बढाउन प्रयास जारी राखेको सामरिक महत्वका जानकारहरु बताउँछन् । 

"घटनाक्रमहरु कसरी अघि बढ्छन् भन्‍नेमा नै माल्दिभ्समको आन्तरिक राजनीति निर्भर हुन्छ," चेन्‍नई इनिसिएटिभका प्रमुख एवं प्रेस अनुसन्धान प्रतिष्ठानका प्रमुख एन सठिया मुर्तीले भने ।

सोलिह सरकारले चिनियाँ लगानीलाई स्वागत गर्न सक्ने बताएका छन् । "तर त्यसले भारतको सुरक्षालाई खतरामा पार्ने र दक्षिण एसियाली राष्ट्रहरूले छिमेकी श्रीलंकासँगको जल मार्गलाई प्रभावित पार्ने कुनै कदम भने चाल्‍न सक्दैन," उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ