arrow

चीनको २० अर्ब डलरको नहर परियोजना थाइल्याण्डले गर्‍यो अस्विकार

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २० शनिबार
thailand-kra-canal-project.jpg

काठमाडौं। चिनियाँ नेतृत्वमा बनाउने प्रस्ताव गरिएको केआरए नहर प्रोजेक्ट थाइल्याण्डले अस्विकार गरिदिएको छ। मलाक्काका जलिय क्षेत्र जाने उक्त नहरको योजना थाइल्याण्डले चीनलाई नदिने घोषणा गरेको हो। चीनले सो नहरका लागि २० अर्ब डलर लगानी गर्ने प्रस्ताव गरेको थियो। सो नहर बनेको खण्डमा चीनलाई हिन्द महासागरमा जहाज पठाउने समय घटने थियो भने चीनमा आउने अधिकांश पेट्रोलियम पदार्थ भित्रिने आफ्नै व्यवधानरहित जलमार्ग बन्ने थियो। रणनीतिक हिसाबले पनि यो चीनको फाइदाको सौदा थियो।

त्यस्तै थाइल्याण्डले किनेका एस २६ टी सब्मरीनको करिब ७ सय २४ मिलियन पनि उसले तिरेको छैन्। पछिल्ला यि घटनाक्रमबाट चीनले इन्डोप्यासिफिकमा आफ्नो प्रभुत्व गुमाइरहेको संकेत गरेको छ।

थाइल्याण्डले त्यहाँको फिउ थाई पार्टीले दबाब बढाएसँगै यस्तो कदम उठाएको हो। थाइल्याण्डका सर्वसाधारण र फिउ थाई पार्टीले दक्षिण तथा दक्षिण पूर्वी एसियाका गरिब मुलुकहरुको स्वतन्त्रतामा कमी ल्याउने भन्दै बिरोध गरेपछि सरकारले केआरए नहरको परियोजना रद्द गरेको हो।

चिनियाँ हस्तक्षेपले म्यानमार, कम्बोडियालगायतका देशहरुको स्वतन्त्रतामा समेत कमी ल्याउँने भन्दै योजना रद्द गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ। 

लद्दाखमा चीन र भारतीय सेनाबीच मुडभेड भएसँगै भारतले मलाक्काको जलिय क्षेत्रमा नौसेनाको सब्मरिन परिचालन गरिसकेको छ। मलाक्का क्षेत्र इन्डोनेसियन आइसल्याण्डबीचको एक रणनीतिक चेकपोइन्ट हो जसले इन्डियन र प्यासिफिक सागरलाई छुट्याउँछ। त्यसकारण रणनीतिकरुपमा यो क्षेत्र निकै नै संवेदनशिल रहेको छ।

केआरए प्रोजेक्ट संचालन भएको अवस्थामा चीनका लागि चिनियाँ सागर र भारतिय सीमा आफ्ना जहाजहरु स्वतन्त्र र वाधारहित ढंगले चलाउने पाउने अवस्था थियो। तर, थाइल्याण्डले परियोजना रद्द गरिदिएसँगै चीनका लागि रक्षात्मक अवस्था बनेको छ। जसले दक्षिण एसियाली मुलुकहरुमा चिनियाँ हस्तक्षेप कम हुँदै गएको संकेत गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ