arrow

ब्रजिलमा कोभिडका सङ्क्रमित ४१ लाख

logo
एएनआई,
प्रकाशित २०७७ भदौ २० शनिबार
brazil-banco-central-bank.jpg

ब्रासिलिया। ब्रजिलमा कोभिड१९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन्। शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन्। गएको २४ घन्टाभित्र शुक्रबार यहाँ ५० हजार १६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्रजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ। शुक्रबार मात्र यहाँ ८८८ जनाको ज्यान गएको थियो। कोरोना भााइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो देश हो। अमेरिकामा ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ६७ लाख मानिस संक्रमित भएका छन् भने ८ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ