arrow

'पुनर्वास' को अश्मितासंग जोडिएको डोकेबजार गौरीफन्टा

logo
दीपेन्द्र 'भुइँ मान्छे', 
प्रकाशित २०७७ भदौ २१ आइतबार
dipendra.PNG

पश्चिम नेपालको अन्तर्राष्ट्रिय नेपाल - भारत नाकाको प्रवेश र निकास द्वारका रुपमा अनादी काल देखि डोकेबजार-गौरीफन्टा जहाँको त्यही छ । परन्तु फरक के मात्रै भने जिल्लाको राजनैतिक नक्साले कञ्चनपुरको भुमी रहे पनि मोहना नदि पारी गजधम्म परेर बसिरहेको धनगढीले अहिलेसम्म डोकेबजार - गौरीफन्टा नाकामा हक जमाउदै आयो । जब सीमा नाकामा बिवाद वा घटना दुर्घटना हुन्थे धनगढी झमेलमा फस्दैन थ्यो । 

जतिबेला यो नाका बनाइयो उतिखेर कैलाली कंचनपुर एउटै जिल्ला थिए सदरमुकाम थियो बेलौरी । कालान्तरमा बिकासका चरण संगै जिल्ला छुट्याइयो यो संगै सदरमुकाम पनि सारिए कैलालीको सदरमुकाम धनगढी र कञ्चनपुरको  महेन्द्रनगर  सदरमुकाम बनाइए पछि भौगोलिक दुरीका कारण तत्कालका लागि डोकेबजार - गौरीफन्टा नाकाको सुरक्षा प्रबन्ध धनगढीमै रहेको त्रिनगर भन्सार परिसरमा रहेको सुरक्षाकर्मीले गर्ने / मिलाउने सहमती बन्यो । तर त्यो सहमती कालान्तरमा समेत भंग नभएका कारण डोकेबजारमा धनगढीले हक जमाउन सुरु गर्यो । जुन पछिल्लो पटक अलि बढिनै देखाइयो । 

कञ्चनपुर , कैलाली र गौरीफन्टा जोडिएको जस्तो देखिए पनि जिल्लाको राजनैतिक नक्साका आधारमा धनगढीको दक्षिण भएर बग्ने मोहना नदी कैलाली कञ्चनपुरको सीमानदीका रुपमा रहेको छ । मोहना देखि पुर्वको भाग कैलाली दक्षिणको भाग कञ्चनपुर । यहि र जिल्लागत नक्साका आधारमा मोहनाको पुलको केहिभाग कञ्चनपुरको हुन आउँछ । धनगढी देखि गौरीफन्टा जान डोकेबजार टेक्नु पर्छ जो कञ्चनपुर हो ।

बिगत लामो समय देखि गुमनाम रहेको डोकेबजार -गौरीफन्टा नाका केही दिन यता निकै चर्चामा चुलिएको छ । कारण नेपाल सरकार गृह मन्त्रालय गृह प्रशासनको सुरक्षा नीतिलाई नै हेरौं जुन जिल्लाको भुगोल हो त्यही जिल्लाको प्रशासनले सुरक्षा प्रबन्ध मिलाउने भन्ने । यहि कारण अहिले कैलालीको कुनै पनि भागमा छिमेकी कञ्चनपुर , डोटि , बर्दिया लगायतका जिल्लाका प्रशासनहरुले कुनै पनि हस्तक्षेप नगरेको अबस्था हो तर त्यही भद्र सहमतिकै आधारमा कञ्चनपुरले डोकेबजार - गौरीफन्टा सीमा नाकामा सुरक्षा प्रबन्ध जुटाउदा एकाएक धनगढी लाई टाउको दुख्यो यो नितान्त कुनै जिल्लाको अस्मिता संग जोडिएको प्रश्न हो । 

संसार कोभिड १९ को प्रकोप बढिरहेका बेला सीमान्त जिल्ला कैलाली र कंचनपुर पनि यो महामारीबाट अछुतो रहन नसकेको बेला दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी , दुबै जिल्लाका प्रहरी प्रमुखहरु र सशस्त्र प्रहरी प्रमुखहरुको बैठकमा कोरोना नियन्त्रण र सुरक्षा गर्न कठिन हुने भएकाले आफ्नै जिल्लाले नाकाको सुरक्षा गर्ने सहमति अनुसार कञ्चनपुरका तत्कालीन  सिडियो नुरहरी खतिवडाले डोकेबजार-गौरीफन्टा नाकामा सुरक्षाकर्मी खटाए ।


आफ्नो भुभागमा सुरक्षा खटाए संगै अनादीकाल देखि अस्तब्यस्त , अतिक्रमित र अब्यबस्थित नाकाका रुपमा चिनिएको उक्त स्थानको ब्यबस्थापनमा एकीकृत योजना अघि सार्दै कार्य प्रारम्भ गरे । 

दस गजा क्षेत्र सम्मै अतिक्रमण गरि बनाइएका खोका छाप्रा ठेला लगायतका अबैध संरचना हटाएर सफा , फराकिलो र सुन्दर नाका बिकासको योजना अघि सारे देखिनै सुरु भयो कञ्चनपुरका सिडियो फाल्ने धनगढीको योजना जो फरक जिल्ला हो । कञ्चनपुरका आम नागरिकहरुको स्वाभिमान र अस्मिता  माथी छिमेकी जिल्लाले गरेको यो अपमान अक्षम्य पनि हो । 

यसो किन पनि भयो नाकामा वर्षौं देखि अबैध चोरीपैठारी हुँदै आएको थियो राजस्व छली , अबैध लागुऔषधको कारोबार र दुर्ब्यसनीहरुको अखाडा बन्दै गए पनि धनगढीले नियन्त्रण गर्न सकिरहेको थिएन । झन्डै डेढ वर्ष अघि धनगढीले नाकामा खटाएका प्रहरी र सशस्त्र प्रहरीकै सामु सहमति बिनै भारतले दशगजामै डोजर चलाउँदा धनगढी र त्यहाँका सुरक्षाकर्मीमा राष्ट्रियता देखिएन किन कि त्यो डोकेबजार धनगढीको थिएन । तर आज एकाएक किन धनगढीलाई दुख्यो डोकेबजारको नाका कञ्चनपुरले ब्यबस्थित बनाउछु भन्दा ? प्रश्न उब्जिन्छ,  शंका गरिन्छ , र धनगढी प्रति छिमेकी जिल्लाले हेर्ने दृष्टिकोण फेरिन्छ । त्यो नाकामा कञ्चनपुरले सुरक्षा जिम्मा लिए संगै एक्सरे मेसिन राखेर यात्रु हरु र मालसामानको चेकजाँच गरिने कुरा के चलेको थियो अतालियो धनगढी आखिर किन ? त्यो नाकाबाट अबैध मालसामान र अपराधिक गतिविधिमा नियन्त्रण गरिँदा सबैभन्दा बढी धनगढीकै सुरक्षा सुदृढ बन्ने थिएन र ? कि अब डोकेबजार-गौरीफन्टा नाकाबाट अबैध कारोबार , राजस्व छली रोकिने भयो भन्ने पिर हो ? यतिबेला  यावत प्रश्न धनगढी तर्फ तेर्सिएका छन । 

सत्तारुढ दल नेकपका कैलाली निर्वाचन क्षेत्र रहेका नेपाल सरकारका मन्त्री र साँसदहरुले सिडियो थुत्न जुन प्रकारले सत्ता र शक्तिको दुरुपयोग गरियो यसबाट डोकेबजारको बिकासको बाधक बन्नुको रहस्य के हो ? तत्कालीन कञ्चनपुरका सिडियो खतिवडाले गृहको नीति निर्देशन र आफ्नो कार्यक्षेत्र नाँघेर कहाँनेर काम गरे ?  प्रमुख जिल्ला अधिकारी पद अबिछिन्न हो एउटा गए अर्को आउँछ तर आफ्नो क्षेत्राधिकार भित्र राज्यको दायित्व र जिल्लाको सीमा सुरक्षामा प्रतिवद्ध रहदै गर्दा एकाएक झिकाउनु उदेक लाग्दो सवाल हो । कञ्चनपुरको सीमा नाकालाई अपराधिक गतिविधि नियन्त्रित , चोरीपैठारी मुक्त , नाकामा आवागमन गर्नेहरुको सहज ब्यबस्थापन ,र गुणस्तरीय चेकजाँचका लागि एक्सरे मसिन राख्दा धनगढीमा झगडा किन ? सवाल कञ्चनपुरका जनजनको यहि प्रश्न छ । 

धनगढी बाट कञ्चनपुरमा नाकाको सुरक्षाको जिम्मा आए लगत्तै नाकामा बिकासका काम सुरु गरिएका थिए । जो धनगढीले कहिल्यै गर्न नचाहेको काम अतिक्रमण गरिएको सरकारी जमिन खाली गराउने , सडक चौडा गर्ने र भारत बाट नेपाल आउने यात्रीहरुको लागि होल्डिङ स्थल निर्माण , ब्यबस्थित अटो पार्क , जिर्ण सडकको मर्मत , पार्क निर्माण , वर्षौ देखि सरसफाइ नभएका कारण दशगजा र झाडिले ढाकेका सहायक पिलर स्पष्ट देखिन पुगेका छन । नेपाल- भारत नाका सफा फराकिलो बनाइएको छ । यस अघि धनगढीले कहिल्यै यि काम गर्न सकेको थिएन । 

सीमानाकामै भन्सारको काउन्टर स्थापनाको माग । यि माग हरु ब्यबस्थित अन्तरास्ट्रिय नाकाका लागि महत्वपुर्ण थिए । तर धनगढीका केही तस्करहरुलाई पचेन कि भन्ने चर्चा यतिबेला चुलिएको छ । यदि डोकेबजार - गौरीफन्टा नाकामा सुरक्षाकर्मी परिचालन गर्ने सम्बन्धमा कञ्चनपुरको सिडियो दोसी हो भने कैलालीको सिडियो पनि दोसीनै हो किन सहमती गरे कैलालीका सिडियोले ? यदि कैलालीको भुभाग भएको भए किन दिए सहमति कञ्चनपुरलाई सुरक्षा कर्मी परिचालन गर्न ? 

डोकेबजार-गौरीफन्टा नाकाको बिकास हुँदा धनगढीलाई घाटा लाग्ने पक्कै थिएन । ब्यबस्थित , सुरक्षित र सुन्दर नाकाका कारण धनगढीमा भारतीय पर्यटकहरु धेरै थपिन्थे । आर्थिक कारोबार पनि धनगढीकै बढ्थ्यो दुर्भाग्य डाहा र हडप्ने चरित्र देखियो यो उचित होइन । 

कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा अबस्थित डोकेबजार-गौरीफन्टा नाकाको स्तर उन्नती र बिकास हुँदा जति बढी फाइदा धनगढीको हुन्थ्यो त्यसको थोरै फाइदा कञ्चनपुर र पुनर्वासको पनि हुन्थ्यो । पसल ब्यबसाय फस्टाउथ्यो , सडक यातायातको बिकास हुन्थ्यो । तर कञ्चनपुरकै अस्मिता माथी ठेस लाग्ने गरि धनगढीका केही ब्यक्ती र नेता , साँसद र मन्त्री एउटा कर्मचारीका बिरुद्ध लागे त्यो पनि कर्तब्यनिष्ट , र जनप्रेमी यो घटनाले सिडियो खतिवडाको कद बढेकै हो । 
धनगढीको लामो लबिङ पछि गृह मन्त्रालय खतिवडा तानिए पछि कञ्चनपुरमा ल्याइएका सिडियोले पक्कै कञ्चनपुरलाई धनगढी गाभ्ने होइनन होला । न यो उनको वशमा छ । कञ्चनपुरमा धनगढीले प्रशासन चलाउन सक्ने हो न यो धनगढीको वशमा छ । मात्रै नियत र चरित्रको प्रश्न रहयो । आफुनै शक्ति केन्द्र हौं भन्ने धनगढीका केही थानहरुको तानाशाही प्रवृत्ति उजागर बन्न पुग्यो । कञ्चनपुरको प्रशासन कञ्चनपुरकै सिडियोले चलाउने हो धनगढीकोले होइन । छिमेकी जिल्लामा छिमेकी जिल्लाका नेताहरुले हस्तक्षेप गरिनु किमार्थ उचित होइन । 
 
डोकेबजार कञ्चनपुरको पुनर्वासको अभिन्न अंग हो यहाँ छिमेकीले आँखा गाड्नु अनुचित हो । हिजो त्यही डोकेबजारमा बन्दै गरेको हुलाकी राजमार्ग भारतले अबरोध गर्दा धनगढीले हस्तक्षेप हटाएको होइन । त्यतिबेलाको भारतीय हस्तक्षेप पुनर्वासकै , डोकेबजारकै जनता र कञ्चनपुरकै प्रशासनले रोकेको हो । न दिउँसै दशगजामा डोजर चल्दा धनगढीले रोक्यो न अबका दिनमा डोकेबजारमा कुनै घटना हुँदा धनगढीले रोक्न सक्छ । 

कञ्चनपुरले आफ्नै शरहद भित्र शान्ती सुरक्षा प्रबन्ध गर्नु उसको अधिकार क्षेत्र हो । तसर्थ कञ्चनपुरले डोकेबजारमा शान्तिसुरक्षा गर्दा धनगढीका कुनै नागरिकलाई हेँला बोध नहुन पर्ने हो । 

डोकेबजार- गौरीफन्टा नाकाको कञ्चनपुरको भुभागमा भन्सारको काउन्टर बस्यो भने पनि न त्यो राजस्व कञ्चनपुरको आम्दानी हुने हो ! फरक यति हुन सक्छ भारतबाट नेपाल आउने पर्यटक वा प्रवासी  नेपालीहरु होल्डिङ सेन्टरमा रोकिएको बखत पुनर्वासको  डोकेबजारका पसलहरुको किनमेल बढ्ला । केहिको आर्थिक उपार्जन होला । स्थानीय हरुको रोजगारी बढ्न सक्छ र पुनर्वासको आर्थिक, पर्यटकीय बिकासमा सघाउ पुग्न सक्छ । तसर्थ पनि यो महत्त्वपूर्ण स्थान हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ