arrow

मृगौला रोगको उपचार होमियोपेथी विधिबाट पनि गर्न सकिन्छ- डा.उपेन्द्र साह

logo
 निरंजन कुमार साह,
प्रकाशित २०७७ भदौ २२ सोमबार
upendra-sah.jpg

जनकपुरधाम । मृगौला (किड्नी ) रोगको उपचार होमियोपेथी पद्धतिबाट हुने भएपछि पिडितलाई राहत मिल्ने भएको छ। जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १६ कपिलेश्वर वस्ने विनोद मण्डलको श्रीमति फुलो देवीलाई पिसाव फिर्नमा असजिलो भएसँगै उनका श्रीमानले जनकपुरको एक निजी अस्पतालमा भर्ना गराए । 

तीनदिनको अस्पताल बसाईपछि यहाँका चिकित्सकले फुलोको मृगौला खराब भएकाले काठमाण्डौ लगेर उपचार गराउन सुझाब दिए । समान्य परिवारमा हुर्केका विनोदले आफ्ना ५२ वर्षिया पत्नी फुलोको किड्नी खराब भएको सुनेर छांगाबाट खसे । अब के हुन्छ भन्दै चिन्तामा डुबेको बिनोद दिनानुदिन पात्लिदै गएका थिए ।  श्रीमतिलाई जोगाउन सकिन्छ भने चिन्ताले उनलाई खाईरहेको थियो । विनोद त्यस बाहेक केहि सुझिदैन थिए ।

बिनोदको चिन्ता देखेर टोल छिमेकहरुले बुझने प्रयास गर्दा श्रीमतिको किड्नी खराब भएको सुनाए । किड्नी फेल हुँदा नियमित महंगो आषधी खुवाउनुपर्ने बिनोदलाई सताई रहेको सुनेर सोही गाउँका अवकाश प्राप्त कर्मचारी रामबाबु यादवले होमियोपेथी चिकित्सक उपेन्द्र साहसंग एक पल्ट सल्लाह लिन सुझाब दिए।

रामबाबुको सुझाब अनुशरणगर्दै विनोदले आफ्नो श्रीमतिलाई डा. उपेन्द्र कहां लगे । विनोद भन्छन - 'डा. उपेन्द्र साहले रोगीलाई विहान बेलुका ठंढिया सागको जुस मन बमोजिम खुवाउन सुझाब दिनुभयो । डा. साहले बताए अनुसार नै हामी १० ठढिया सागको जुस खुवाएपछि पेथोलजिकल जाँच गराउँदा सुधार हुन लागेको पाएं । डा. साह कै निर्देशा अनुसार हामी २ महिनासम्म ठढिया सागको सुप खुवाए ।'

 विनोद मण्डल भन्छन्– 'पत्नी फुलोलाई ६ वर्षदेखि चिनी रोग भएको रहेछ । उनलाई चिनी रोग छोडाउनको लागि जनकपुरदेखि भारत उत्तर विहारका नामी शहर दरभंगाका एक से एक चिकित्सकसंग जांच गराउँदा पनि निको भएन ।' उनी फुलोलाई जति औषधी खुवाएपनि निकोभएको चिनीले विस्तारै किड्नीमा समेत असर गर्न गएको बताउंछन् ।

 त्यस्तै रामकहानी सिरहा जिल्ला धनगढी नगरपालिका वडा नम्बर १ बखेर बस्ने रामभरोषी महतो रहेछ । समग्र एफएमका रामभरोषी महतो भन्छन्– मेरो बुबा गर्भु महतो ६८ वर्षको हुनुहुन्छ । उहाँ २० वर्षदेखि प्रेसरको औषधी खाईरहनुभएको थियो । प्रेसरको औषधी खुवाई रहँदा बेला बखतमा चिकिकत्सकको सम्पर्कमा रहेको थिए । तर, यत्ता १ वर्षदेखि किड्नीमा असर पारिसकेको थियो ।सो १ वर्षको दरमियानमा विराटनगर स्थित नोभेल अस्पतालमा बुआलाई उपचार गराई रहेको थिए । निको हुने काँटछाँट नदेखेपछि होमियोपेथी पद्धतिबाट उपचार गराउन थालेको हुँ ।' 

 पत्रकार महतोले आफ्नै गाउँकी मनिया थरुनीको डा. उपेन्द्र साहले होमियोपेथी पद्धतिबाट उपचार गराई निको भएपछि बाबुलाई पनि यसै पद्धितिबाट उपचार गराउन रोजेको बताउछन् । बुवाको ३ महिनादेखि होमियोपेथी औषधी खुवाउन थालेको बताउँदै औषधी खुवाउने सुरु गरेको ११ दिनपछि नै बुवालाई निको हुन लागेको जानकारी उनले गराए।  पत्रकार महतोका अनुसार उनका गाउँले मनिया थरुनीको मृत्यु १५ दिन भित्रमा हुने नेबेलका चिकित्सकले भनेका थिए । तर  होमियोपेथी पद्धति अपनाउँदा अचेल राम्रै तरिकाले हिडडुल गरिरहेकी छन् ।

यसैगरी धनुषा शहीद नगर नगरपालिका ९ गोठ कोयलपुरका अनिल ठाकुरको आमा रमिता ठाकुर ५० को हुँदा उनलाई घुँडा दुख्न थालेको  थियो । उनि त्यसको उपचारका लागि राजधानी काठमाण्डैदेखि दक्षिण छिमेकी दरभंगासम्मका चिकित्सकहरुसंग जँचाए पनि निको भएन । अनिल ठाकुर भन्छन,‘ घुँडाको औषधी आमालाई खुवाई रहेको थिए, अझ अर्को आपतहरु आईलाग्यो । आमालाई प्रेसर पहिल्येदेखि रहेकोले कोलस्टोर,थाईराइड,सुगर र बाथ रोग एकैपल्ट आक्रमण गरेको देखेर गाउँ समाजका भनाई अनुसार होमियोपेथी चिकित्सक उपेन्द्र साहसंग परामर्श लिए ।'

 सबैकुरा सुनेर डा. साहले आमालाई ठढिया सागको सुप बढी भन्दा बढी खुवाउन सुझाब दिंदै  होमियोपेथी औषधी खुवाउन] विधिहरु बताए । ठाकुरका अनुसार  सुनिदै आएको उनकी आमाको शरीर निको भएर हिडडुल राम्रो तरिकाबाट गरिरहेकी छन ।

मण्ड, महतो र ठाकुर जस्तै अहिल्ये ८ जना मृगौलाका रोगी  डा. उपेन्द्र साहले उपचार गराई रहेका छन्  । उनका अनुसर सबै रोगीको रोगमा सुधार भईरहेको छ । डा. साह भन्छन्,‘ मान्छेको किड्नी स्वस्थ्य रहनको लगि युरिया १५–४०,क्रेटी नाईन ०.५–१.५,सोडियम १३५–१४५ र पोटाशियम ३.५–५.५ हुनुपर्ने हो । त्यो भन्दा बढी या घटि भएमा किड्नीमा असर गर्न थाल्छ ।' 

डा. साहका अनुसार उनि मृगौला रोगलाई होमियोपेथीबाट निकोपार्नका लागि लामो समयदेखि अनुसन्धान गर्दै आएका थिए। उनि भन्छन,‘जब विहारको दरभंगा स्थित सिन्हा होमियोपेथी मेडिकलमा अस्पतालमा अध्ययनरत रहंदा डिपार्टमेन्ट प्रमुख डा. सालिम बाबु कहिल्ये कांही हामीलाई भन्नुहुन्थ्यो यो क्षेत्र अध्ययन र अनुसन्धानको हो ।' 

उनको प्रेरणाले आफु मृगौला रोगको औषधी खोज्न सफल भएको डा. साह बताउछन् ।  डा. सिन्हा होमियोपेथी मेडिकल अस्पतालका ८२–८६ ब्याचका हुन् । त्यस कलेजबाट उनले डी.एच.ए. एस. सर्जरी अनर्स गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ