arrow

भारतमा १७ हजारले कोरोना संक्रमित घटे, निको हुने सबैभन्दा बढी  

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
corona-india-labour.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा पुगे पनि सोमबार भने आइतबारको तुलनामा १७ हजारले कमी आएको छ । 

विश्वमै संक्रमणमा दोस्रो स्थानमा पुगेको भारतमा सोमबार ७५ हजार २२ जना संक्रमित थपिएका छन् । यसअघि 
आइतबार ९२ हजार संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । 

शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका थिए । यसअघि शुक्रबार सबैभन्दा बढी भारतमै ८७ हजार ११५ जना संक्रमित देखिएका थिए । 

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेका छन् । 

हाल ८ लाख ८२ हजार ७५१ जना संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । सोमबार ७४ हजार १२३ जनालाई निको भएको छ । यो एकै दिन निको हुने सबैभन्दा बढी संख्या हो । 

यसअघि शनिबार रेकर्ड ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए । हालसम्म ३३ लाख २१ हजार ४२० जना कोरोनामुक्त भएका छन् । 

सोमबार १ हजार १२९ जनाको ज्यान गएको छ । आइतबार १ हजार ८ जनाको ज्यान गएको थियो । शनिबार १ हजार ४४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७२ हजार ८१६ पुगेको छ । 

सोमबार सबैभन्दा बढी संक्रमित अमेरिकामा २५ हजार ३१७ संक्रमित थपिएर कुल संक्रमितको संख्या ६४ लाख ८५ हजार ५६७ पुगेको छ । मृतक २८६ थपिएर १ लाख ९३ हजार ५३४ पुगेको छ । 

अमेरिकामा २५ लाख ३३हजार ४१५ जना सक्रिय संक्रमित रहेका छन् । ३७ लाख ५८ हजार ६१८ लाई निको भएको छ । 

तेस्रो स्थानमा झरेको ब्रजिलमा सोमबार १० हजार १८८ जनामात्र संक्रमित थपिए । शनिबार ३१ हजार १९९ संक्रमित थपिएका थिए । कुल संक्रमित ४१ लाख ४७ हजार ७९४ पुगेका छन् । सोमबार ३१५ सहित ज्यान गुृमाउने १ लाख २७ हजार १ पुगेको छ । 

विश्वभर हाल २ करोड ७४ लाख ७९ हजार ११५ संक्रमित छन् । ८ लाख ९६ हजार ४२१ भन्दा बढीको ज्यान गएको छ । १ करोड ९५ लाख ७२ हजारलाई निको भएको छ । 

सोमबार पछिल्ला दिनको सबैभन्दा कम १ लाख ९६ हजार संक्रमित थपिए भने ३ हजार ७०८ जनाको ज्यान गयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ