arrow

विश्व नम्बर २ मरेलाई आठौं बरियताका स्टेपानेकले कडा टक्कर दिए

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
murray-new.jpg.jpeg
एजेन्सी । दोस्रो बरियताका ब्रिटिश खेलाडी एन्डी मरेलाई आठौं बरियताका चेक खेलाडी राडेक स्टेपानेकले कडा टक्क दिएका छन् । फ्रेन्च ओपन टेनिसको पहिलो चरण अन्तर्गत सोमबार राति भएकोे पुरुष सिंगल्समा दोस्रो बरियताका मरे पहिलो दुई सेटमा पछि परे । 
पहिलो दुई सेटमा मरे ६–३, ६–३ ले पछि परे ।
 
पछिल्लो दुईसेटमा केही सुधार गरेपनि खेल खराब प्रकाशका कारण स्थगित भयो । स्टेपानेकले ६–३, ६–३, ०–६, २–४ ले अग्रता कायम गरे । यी दुईबीचको खेल मंगलबार फेरि हुनेछ । 
 
यसअघि मरेले विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचलाई हराउँदै इटालियन ओपनक जितेका थिए । उनले २–० को सोझो सेटमा जोकोभिचलाई हराएका थिए । मरेले २००८ को अट्रेलियन ओपनपछि कुनै पनि ग्रान्डस्लाममा पहिलो चरणमै हारेका छैनन् । उनले आफ्नो करियरमा आठ पटक दुई सेट कमजोर भएपनि जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ