arrow

भाषा र संस्कृति दमनको बिरोधमा मंगोलियनहरुले जापानमा गरे चीनको बिरोध

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
mangol-protest-china-japan.jpg

काठमाडौं। जापानको राजधानी टोकयोस्थित चिनियाँ दूतावासअघि विरोध प्रदर्शन भएको छ । चीनले आफ्नो भाषा र संस्कृतिमा दमन गरेको भन्दै जापानका मङोलियन समुदाय र जापानी अधिकारकर्मीहरूले चिनियाँ दूतावासअघि प्रदर्शन गरेका हुन ।

चीनले मंगोलियामाथि दमनको नीति लिएको र मंगोलियाको भाषा र संस्कृतिमाथि प्रहार गरिरहेको विरोधमा मंगोलियनहरु लामो समयदेखि चीनको आलोचना गरिरहेका थिए ।

पछिल्लो समय चीनले मंगोलियन भाषामा पठनपाठन गर्न नपाइने बताएपछि मंगोलियनहरु आक्रोशित बनेका हुन् । उत्तरी चीनमा मंगोलियाली भाषाको शिक्षामाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंगोलहरुले साताको शुरुवातदेखि नै विरोध गर्दै आएका थिए ।

मंगलवारदेखि नयाँ शैक्षिक सत्र शुरु भए पनि अभिभावकरुले उक्त नीतिको विरोधस्वरुप बालबालिकाहरुलाई विद्यालय भर्ना गरेका थिएनन् । चीन सरकारले जारी गरेको नियम अन्तर्गत भित्रि मंगोलियामा तीन विषयमा अनिवार्य चिनियाँ औपचारिक भाषा मेन्डारिनमा पढाउनु पर्ने बताइएको थियो ।

मंगोलियनहरूले यो कदमलाई तिनीहरूको सांस्कृतिक पहिचानको लागि खतरा भएको बताएका थिए । चीन सरकारले परिवर्तन गरेको यस नियमको विरोधमा विद्यार्थी र अभिभावकको ठूलो संख्यामा उपस्थित भएका थिए । साताको सुरुवातबाट विभिन्‍न सहरहरुमा सरकारविरुद्धका प्रदर्शनहरु सुरु भएका छन् ।

‘हाम्रो भाषा मंगोलियाई हो, र हाम्रो मातृभूमि सदाको लागि मंगोलिया हो ! हाम्रो मातृभाषा मंगोलियाई हो, र हामी आफ्नो मातृभाषाको लागि मर्नेछौँ !’ हालसालै भएको एउटा विरोध प्रदर्शनमा विद्यार्थीहरूले रेडियो फ्री एशियासँग भने ।

सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन गरेको चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागु गरेर हङकङको स्वायत्ततामा प्रहार गरेको छ ।

अहिले पछिल्लो समय मंगोलियाको भाषा र संस्कृतिमा प्रहार गरिरहेको चीनले भारतसँग पनि सीमा समस्या सिर्जना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ