arrow

दक्षिण अफ्रिकाको अर्थव्यवस्थामा ५० प्रतिशत गिरावट

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
south-africa.jpg

प्रिटोरिया । दक्षिण अफ्रिकाको कूल गार्हस्थ उत्पादन गत वर्षको अप्रिलदेखि जुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले सङकुचित भएको छ । 

दक्षिण अफ्रिकाको तथ्याङ्कमामिला अध्ययन गर्ने सरकारी निकायले मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उक्त कुरा जनाइएको हो ।

“दक्षिण अफ्रीकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले सङ्कुचित भएको छ,” दक्षिण अफ्रीकी तथ्याङ्क विभागले भनेको छ । 

अभूतपूर्व गिरावट आउनुमा महामारीका कारण आएको परिस्थिति जिम्मेवार भएको सरकारी अधिकारीहरूले बताएका छन् । 

दक्षिण अफ्रिकाले महामारीबाट आफ्ना नागरिकको सुरक्षाका लागि गत मार्च २७ देखि कडा बन्दाबन्दीको घोषणा गरेको छ । जसका कारण देशैभरि प्रायः आर्थिक गतिविधि बन्द हुनुपरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ