arrow

युरोपलाई मनाउन चीनलाई भारी पर्दै, विदेशमन्त्रीको प्रयासको मिश्रित नतिजा

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
china-eu.jpg

काठमाडौं। युरोपेली आयोगका विदेश नीतिका प्रतिनीधि जोसेप बोररेलले रसिया, चीन र टर्की तीनवटै देश बाहिरी रुपमा सार्वभौमवादीहरु भएपनि भित्रिरुपमा तानाशाही भएको बताएका छन्। जोसेपले अघि भनेका छन्, “३० बर्षपछि जब युरोपले आफ्नै दर्शनको जरा गाड्दैछ, फेरि यी साम्राज्यहरुसँग सार्वभौमवादीहरुले हात मिलाउँदै छन्।”

चिनियाँ विदेशमन्त्री वांगी यी, युरोपसँग भत्किएको चिनियाँ सम्बन्धलाई मलजल गर्न युरोप रवाना भएका थिए । त्यसको केही दिनअघि मात्रै जोसेपले चीनको सन्दर्भमा एक पत्रिकासँग माथीको टिप्पणी गरेका थिए ।

चीनसँग कोरोना भाइरसको नियन्त्रणमा सुचना लुकाएको विषयमा मात्रै हैन अन्यकुराहरुमा समेत युरोप रुष्ट रहेको अवस्थामा वांग युरोप पुगेका बेला भ्रमणको मिश्रित नतिजाहरु देखिएको छ । 

यसबाहेक, सेप्टेम्बर (यसै महिना) १४ तारिकमा चीनका राष्ट्रपति सि जिनपिङ र युरोपेली नेतृत्वकर्ताहरुबीचको बैठक हुँदैछ । त्यसको पूर्वअवधिमा वांग युरोप हानिएका थिए ।

अहिले युरोपले चिनीयाँ कदमको निन्दा जारी राखेको  छ । अमेरिकासँग मिलेको भनिए पनि युरोपका अधिकारीहरुले ट्रम्पको केही संकेत मात्रै प्रयोग गरेका छन्, र स्वतन्त्र विदेश नीति युरोपले अघि सारिरहेको छ ।

चिनियाँ कुटनीतिज्ञहरुले अमेरिकी प्रवृतीलाई गलत सावित गर्दै युरोपेली होस्टहरुको मन जित्न खोजेको छन् भने अमेरिकाप्रति गलत नजराको सिर्जना गरिदिएका छन् ।

वांगले पेरिसमा पुगेर, युरोप र चीनबीच ग्रिन र डिजिटल सम्बन्ध रहेको टिप्पणी गरेका छन् भने नेदरल्याण्डमा फ्रि टेड्र क्याम्पिंगको कुरा अघि सारेका छन् । विश्व स्वतन्त्र व्यापार संगठन (डब्लुटीओ)को महत्व दर्शाउँदै वांगले चीन र युरोपेली मुलुकहरुबीच यस्तै सम्बन्धको सिजर्ना हुने कुराको संकेत गरेका छन् ।
वांगले अमेरिकाले ट्रेड वार र अन्य किसिमले शितयुद्धको तयारी गरिरहेको आरोप लगाएका छन् । यद्यपी चीन भने एकता र सर्वहित किसिमले अघि बढिरहेको उनको टिप्पणी छ ।

वांगले बेलायतको भ्रमण भने गरेका छैनन् । हङकङमा नयाँ सुरक्षा कानुन लागू चीनको बेलायतसँग सम्बन्ध चिस्सिएको छ । बेलायत नगएका वांग इटाली, फ्रान्स, जमर्नी, नेदरल्याण्ड र नर्वे पुगेका थिए । युरोप कोरोना भाइरसको केन्द्रबिन्दु बनेका बेला चीनले उल्लेख्य सहयोग नगर्नुले युरोपेली अधिकारीहरुले चिनियाँ सम्बन्धसँग दरार उत्पन्न भएको मानिसकेका छन् ।

यसबाहेक उइगुर अल्पसंख्यक मुस्लिम समुदायमाथि चीनले गरिरहेको उत्पिडन र हङकङमाथि लागु गरेको सुरक्षा कानुनका विषयमा समेत युरोपेली अधिकारीहरु चीनबाट टाढिन खोजेका छन् ।

वांगको बर्लीन भ्रमणका क्रममा जमर्नीका विदेश मामिलाका मन्त्री हेइको मासले, उइगुर अल्पसंख्यकहरुको क्याम्पमा संयुक्त राष्ट्रसंघ अधिकारीहरुलाई जान दिएर निरक्षण गर्न दिएमा मात्रै चिनियाँ कुटनीतिज्ञलाई स्वागत गरिने भनेका छन् । यसबाहेक युरोपले चिनियाँ बजारमा युरोपेली पहुँचको विषयमा समेत चीनसँग असहमति प्रकट गरेको छ ।

युरोपेली आयोगका विदेश मामिलाका प्रतिनीधि जोसेपले वांग भ्रमण अघि नै चीनसँगको सम्बन्ध सुधार्न आवश्यक रहेको बताएका थिए । उसोत चिनियाँ विदेशमन्त्रीले युरोप भ्रमणकै क्रममा कडा भन्दा कडा जवाफहरु दिएका छन् । 

वांगले पेरिसमा बोल्ने क्रममा चिनियाँ मानवअधिकारकर्मीहरुलाई नोबेल पुरस्कार दिने विषयमा समेत धम्कीपूर्ण चेतावनी दिएका छन् । त्यस्तै उनले ताइवानको विवादास्पद भ्रमणमा गएका चेकका सिनेट अध्यक्ष मिलोस भाइस्ट्रिलको समेत कटाक्ष गरेका थिए । नेदरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा वांगले भाइस्ट्रिलमाथि मौखिक आक्रमण गरेका हुन् । चीनले ताइवानलाई समेत आफ्नै भुमी मान्दै र चीनमै समाहित हुनुपर्छ भन्ने धारणा राख्छ । 

यसक्रममा, जमर्नका विदेशमन्त्री मासले धम्कीका लागि कुनै स्थान नभएको र युरोपले काँधमा काँध मिलाउन सिकिसकेको छ भन्दै प्रतिक्रिया दिएका छन् । यसबाहेक, उनले युरोप रुस, चीन र अमेरिको बीचमा फुटबल नहुने भन्दै कडा जवाफ समेत दिएका छन् । 

युरोपले विश्वस्त र स्वतन्त्र विदेशनीति अघि सारिरहेका बेला वांगले युरोपमा चीनले शित युद्ध गर्न नचाहेको र त्यसको विरोध गरेको टिप्पणी गरेका छन् ।
यद्यपी वांग भ्रमणलाई केही युरोपेली नेतृत्वकर्ताहरुले भने साथ दिएको पनि देखिन्छ । उनीहरुले अन्तर्राष्ट्रिय शान्तिको विषयमा चीनले टाँङ अडाइरहेको भन्ने अमेरिकी प्रसंगलाई अस्विकार गर्न तम्तयार हुने देखिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ