arrow

पौने तीन करोड मानिसमा संक्रमण, कहाँ कति ?

logo
एएफपी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
corona-world.jpg

पेरिस ।  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी पौने तीन करोड मानिस संक्रमित भएका छन् । 

अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना संक्रमित भएको विवरण सार्वजनिक भएको छ । 

कुल संक्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार १९६ जना संक्रमणमुक्त भइसकेका छन् । 

विश्वभरी अहिलेपनि ७० लाख नौ हजार ९३९ जना संक्रमित अवस्थामै रहेका छन । ती मध्ये ६० हजार ३९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । 

कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ३७६ जना संक्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै संक्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै संक्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ । 

पछिल्लो विवरण अनुसार भारतमा ४३ लाख ७४ हजार ३१४ जना संक्रमित हुँदा ७३ हजार ९५३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी तेस्रो धेरै संक्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १२४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार ५१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । 

चौथो धेरै संक्रमित रहेको रुस र पाचौँ धेरै संक्रमित रहेको पेरुमा क्रमशः दश लाख ४१ हजार ७ र छ लाख ९६ हजार १९० जना संक्रमित भएका छन् । ती देशहरुमा मृतकहरुको संख्या पनि क्रमशः १८ हजार १३५ र ३० हजार १२३ रहेको छ । रुसमा संक्रमितको संख्या धेरै रहेपनि मृतककको संख्या भने पेरुमा धेरै रहेका छन् ।  

धेरै संक्रमित भएका मुलुकहरुको सूचीमा क्रमशः कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ