arrow

अमेरिकाले दबाब दिइरहेका बेला इरानका विदेशमन्त्री युरोपेली देश जादै

logo
सिन्ह्वा,
प्रकाशित २०७७ भदौ २४ बुधबार
us-iran-flag.jpg

नयाँ दिल्ली । अमेरिकासँग समस्या बढेका बेला इरानका विदेशमन्त्री मोहमत जभाद जारिफले विभिन्न युरोपेली देशहरुको भ्रमण गर्नेभएका छन् । उनी सो भ्रमणका लागि अर्को  हप्ता जाने भएको समाचारमा जनाइएको छ । इरानको तासनिम समाचार समितिले सो समाचार दिएको छ । 

विदेशमन्त्री मोहमद जभाद जारिफ बेलायत, फ्रान्स, जर्मनी, इटाली र स्पेनको भ्रमणमा जाने भएको सो समाचारमा उल्लेख गरिएको छ ।सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताका विरुद्धमा संयुक्त राज्य अमेरिकाले इरानमाथि अहिले पछिल्लो समयमा निकै ठूलो दबाब दिएको बताइएको छ । 

यस्तो अवस्थामा विदेशमन्त्री जभादले युरोपेली देशहरुको भ्रमण गर्न लागेको बताइएको छ । अमेरिकाले उक्त सम्झौताका विरुद्धमा इरानलाई दबाब दिइरहेका बेला आफ्नो पक्षमा सहमति जुटाउन विदेशमन्त्री जभादले सो भ्रमण गर्न लागेको अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ