arrow

उपराष्ट्रपतिलाई लक्षित बम हमलाको भारतले गर्‍यो निन्दा

logo
एएनआई,
प्रकाशित २०७७ भदौ २४ बुधबार
afgan-bomb1.jpg

नयाँ दिल्ली । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार अफगानिस्तानको राजधानी काबुलमा भएको बम हमलाको भारतले निन्दा गरेको छ ।
बुधबार दिउँसो अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलम नै आत्मघातीहरुले बम विस्फोटन गराएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुधबार ट्वीट गरेर सो आत्मघाती हमलाको निन्दा गरेका छन् । उनले सो हमलामा परी मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले यस्तो अवस्थामा भारत सधैँ अफगानिस्तान र अफगान नागरिकको शान्तिको पक्षमा रहेको बताएका छन् ।   

 ट्वीटमा उनले भारत अफगानिस्तानमा शान्ति होस् भन्ने पक्षमा रहेको र यस्ता आतंकवादी क्रियाकलापहरुमाथि कहिल्यै पनि विश्वास नगर्ने बताएका छन् । अफगान प्रहरीले जनाएअनुसार उक्त विस्फोटनबाट १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।
 
 
अफगानिस्तानका उपराष्ट्रपति सालेहलाई लक्ष्य गरेर उनको सवारी भइरहेका बेला यस्तो भौतिक आक्रमण गरिएको बताइएको छ । तर उनलाई केही भएको छैन ।     उनसहित उनको सुरक्षामा रहेका सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको बताइएको छ । तर उनको सुरक्षामा रहेका सबै जना सुरक्षित रहेका छन् ।

 यस घटनाको कसैले पनि जिम्मेबारी लिएको छैन । प्रहरीले यस घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ