arrow

चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको बेला भारतमा राफेल लडाकू बिमान

logo
एपी,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
rafale-jet.jpg

नयाँदिल्ली । भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् । 

चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान भारतीय वायुसेनामा प्रवेश गराइएको छ । 

भारतले चीनसँगको सीमा क्षेत्र लद्दाखमा सैन्य तनाब बढेसँगै ठूलो संख्यामा लडाकू बिमान, हातहतियार र सैनिक परिचालन गरेको छ । गत जुन १५ मा यही क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । 

अम्बालास्थित हवाई अखडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा तनाब भइरहेको अवस्थामा नयाँ लडाकू बिमानले भारतीय सेनाको मनोबल थप उच्च बनाउने विश्वास व्यक्त गरे । 

चीनबाहेक भारत र पाकिस्तानबीच पनि काश्मिर विषयलाई लिएर सीमा क्षेत्रमा तनाबको स्थिति रहँदै आएको छ ।

राफेल बिमान खरिद गर्ने सम्बन्धमा भारत र फ्रान्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौता भएको थियो । सम्झौता बमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफेल बिमान हस्तान्तरण गर्नु पर्नेछ । 

बिमान हस्तान्तरण समारोहमा बोल्दै फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली बिमानहरु माली र सिरियाजस्ता युद्धग्रस्त क्षेत्रमा परिचालन गरिएका र त्यसले निकै राम्रो नतिजा दिएको बताए । 

हालसम्म रुसी लडाकू बिमानमा निर्भर रहेको भारतमा अब फ्रान्सेली राफेल बिमान पनि उपलब्ध भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ