arrow

नौ लाख बढीको संक्रमणबाट मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
dead-body.jpg

वासिङ्टन । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ ।यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।

सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ जनाको निधन भएको देखाइएको छ ।साथै यस भाइरसबाट संक्रमित हुनेहरु २ करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ ।

त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट १ करोड ८६ लाख ६० हजार ४७४ जना संक्रमण मुक्त भएका छन् । उता विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भने यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब नौ लाख पुगेको छ । सो संगठनले ८ लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ