arrow

भारतमा कोरोना संक्रमितको संख्या उत्कर्षमा, एकैदिन एक लाख नजिक

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
corona-india-railway-travel.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमित एकैदिन अहिलेसम्मकै बढी थपिएका छन् । दैनिक रेकर्ड तोडिँदै जाँदा बिहीबार एक लाख नजिक पुगेका हुन् । 

बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । बुधबार ९५ हजार ५२९ जना संक्रमित थपिएका थिए । 

यसअघि सोमबार आइतबारको तुलनामा १७ हजारले कमी आए पनि मंगलबार भने सोमबारको तुलनामा १४ हजारले बढेका थिए । 

भारतमा संक्रमित थपिनुमा परीक्षण पनि दैनिक लाखौंको संख्यामा हुनु हो । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।  

हाल ९ लाख ४२हजार ७९६ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । 

बिहीबार ७० हजार ८९९ जनालाई निको भएको छ । बुधबार ७३ हजार ५७ जनालाई निको भएको थियो । मंगलबार ७४ हजार ६०७ जनालाई निको भएको थियो । 

हालसम्म ३५ लाख ३९ हजार ९८३ जना कोरोनामुक्त भएका छन् । 

बिहीबार १ हजार २१३ जनाको ज्यान गएको छ । बुधबार १ हजार १६८ जनाको ज्यान गएको थियो । मंगलबार १ हजार १०७ जनाको ज्यान गएको थियो । सोमबार १ हजार १२९ जनाको ज्यान गएको थियो । आइतबार १ हजार ८ जनाको ज्यान गएको थियो ।

अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७६ हजार ३०४ पुगेको छ । 

भारतमा संक्रमितको संख्या बढे पनि अधिकांश क्षेत्रमा सार्वजनिक यातायात, रेल सेवा एवं हवाई सेवा खुलेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ९ लाख ९० हजार ७९५ जना संक्रमित हुँदा ज्यान गुमाउने २८ हजार २८२ पुगेका छन् । त्यहाँ ७ लाख बढीलाई निको भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ