arrow

एकैदिन तीन लाख भन्दा बढी कोरोना संक्रमित थपिए, यस्तो छ विवरण

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
corona-killed1.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । बिहीबार सबैभन्दा धेरै तीन लाख भन्दा बढी संक्रमित थपिएका छन् । बिहीबार ३ लाख १ हजार ३२६ जना संक्रमित थपिएका हुन् । 

सबैभन्दा बढी भारतमा ९६ हजार ७६० जना थपिएका छन् । ब्रजिलमा ४० हजार ४३१ जना, अमेरिकामा ३८ हजार २१, अर्जेन्टिनामा ११ हजार ९०५, स्पेनमा १० हजार ७६४ जना, फ्रान्समा ९ हजार ८४३ जना थपिएका छन् । 

त्यस्तै कोलम्बियामा ७ हजार ८०८, पेरुमा ७ हजार २८१, रुसमा ५ हजार ३६३ जना, इजरायलमा ४ हजार ४२९ जना संक्रमित थपिएका छन् । 

मेक्सिकोमा ४ हजार ६४७, इराकमा ४ हजार ५९७, बेलायतमा २ हजार ९१९, बंगलादेशमा १ हजार ८९२, दक्षिण अफ्रिकामा २ हजार ७ जना थपिएका छन् । 

विश्वभर ५५ औं स्थानमा रहेको नेपालमा बिहीबार १ हजार २४६ जना संक्रमित थपिए । 

मृतक बिहीबार ५ हजार ९५९ जना थपिएका छन् । सबैभन्दा बढी भारतमा १ हजार २१३ जना थपिए । अमेरिकामा १ हजार ६५, ब्रजिलमा ९२२, मेक्सिकोमा ६११, अर्जेन्टिनामा २४९, कोलम्बियामा २२२, इरानमा १२९, इन्डोनेसियामा १२०, रुसमा १०८, पेरुमा १०८, दक्षिण अफ्रिकामा ९७, चिलीमा ७९, स्पेनमा ७१ र नेपालमा ५ जनाको ज्यान गएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ