arrow

सीमा विवाद समाधान गर्न भारत–चीनबीच पाँच बुँदे सहमति

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
india-china-foreign-ministe.jpg

काठमाडौं । भारत र चीनबीच सीमाक्षेत्र लद्दाखमा भएको तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रुसको मास्कोमा भएको छलफलमा पाँच बुँदे सहमति भएको हो । 

शंघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन मास्को गएका बेलामा पाँच बुँदे सहमति बनेको भारतीय विदेश मन्त्रालयले शुक्रबार बिहान जारी गरेको नोटमा उल्लेख गरिएको छ । 

के के भयो त सहमति ? 
१, बोर्डरको इलाकामा मौजुदा स्थिति कसैको हितमा छैन । दुबै देशका सेनाको छलफल जारी राख्दै तीव्र गतिमा विवादित इलाकाबाट सेना हटाउने काम गर्नुपर्ने । एक आपसमा तय गरिएको दूरी राखेर तनाव कम गर्नुपर्ने । 
२, सम्बन्ध सुधार गर्नका लागि दुबै देशका नेताहरुबीच मार्ग निर्देशन लिनु पर्ने । मतभेदका कारण तनाव हुनु नहुनेमा जोड । 
३, सीमासँग जोडिएको मामलामा सबै मौजुदा सम्झौता र प्रोटोकललाई मान्नुपर्ने । बोर्डर इलाकामा शान्ति राख्दै माहोल बिग्रने आंशका हुने कार्वाहीबाट बच्नुपर्ने । 
४, बोर्डरमा स्थिति सुधार गर्न दुबै देशले तीव्र गतिमा कदम चाल्नुपर्ने । ताकि यसले भरोस राख्न सकियोस् । 
५, विशेष प्रतिनिधिमुलक संयन्त्रमार्फत वार्तालाई नियमित गर्ने । परामर्श र समन्वयको लागि कार्यविधिको बैठक पनि जारी राखिने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ