arrow

क्यान्सर पीडित थापालाई कांग्रेसले गर्‍यो सहयाेग, सुनुवारका लागि सहयोग जुट्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
cancer-vicitim-bajhang-help.jpg

काठमाडौं। बझाङ जिल्ला खप्तड-छान्ना गाउँपालिका घर भएका विक्रम बहादुर थापा लामाे समयदेखि फाेक्साेकाे क्यान्सरबाट पीडित छन् । अहिले उनी काठमाडाैँकाे वीर अस्पतालमा उपचार गराइरहेका छन् । 

क्यान्सरकाे उपचार गर्दा गर्दा परिवारकाे पुर्ख्यौली सम्पती बेचबिखन गरेर सिद्धिएपछि थापालाई नेपाली कांग्रेस बझाङ-काठमाडाैँ सम्पर्क समितिले सहयाेग गरेकाे छ । आठ पटक किमाे दिइसकेकाे र अझै किमाे दिनुपर्ने पीडित थापालाई सक्दाे सहयाेग गर्न नेपाली कांग्रेस बझाङ-कामाडाैँ सम्पर्क समितिले केही दिन अघि सार्वजनिक अपिल गरेकाे थियाे । 

विभिन्न मनकारी महानुभावहरुद्वारा प्राप्त दुई लाख तिस हजार नाै सय बत्तिस रुपैयाँ बिरामी बसेकाे सुनधारास्थित गेस्ट हाउसमा गएर हस्तान्तरण गरिएकाे सम्पर्क समितिका अध्यक्ष शमशेर कुमार बमले जानकारी दिए ।

यसैगरि बझाङ जिल्ला छान्ना गाउँपालिका वडा नं. ३ घर भएका निरज सुनुवार आन्द्रा र पित्तनलीकाे क्यान्सरबाट पीडित छन् । अहिले उनकाे महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । क्यान्सरकाे उपचार क्रममा आर्थिक समस्या आइपरेपछि सुनारलाई सहयाेग गर्न पनि नेपाली कांग्रेस बझाङ-काठमाडाै सम्पर्क समिति अघि सरेकाे छ । सुनारका लागि आर्थिक सङ्कलन भइरहेकाे र जम्मा भएकाे रकम केही दिनपछि हस्तान्तरण गरिने जानकारी अध्यक्ष बमले दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ