arrow

फेरि एकैदिन तीन लाख भन्दा बढी कोरोना संक्रमित थपिए, यस्तो छ तथ्यांक 

logo
प्रकाशित २०७७ भदौ २७ शनिबार
greece-migrant.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । शुक्रबार सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार ३ लाख २ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । 

यसअघि बिहीबार ३ लाख १ हजार ३२६ जना संक्रमित थपिएका थिए । 

सबैभन्दा बढी भारतमा ९९ हजार ६५४ जना थपिएका छन् । अमेरिकामा ४६ हजार २८१, ब्रजिलमा ४४ हजार २१५ जना, अर्जेन्टिनामा ११ हजार ५०७, फ्रान्समा ९ हजार ४०६, स्पेनमा ४ हजार ७०८ जना थपिएका छन् । 

त्यस्तै कोलम्बियामा ७ हजार ४२४, रुसमा ५ हजार ५०४ जना, इजरायलमा ३ हजार ३८ जना संक्रमित थपिएका छन् । 

मेक्सिकोमा ४ हजार ८५७, इराकमा ४ हजार ५९७, बेलायतमा ३ हजार ५३९, बंगलादेशमा १ हजार ७९२, दक्षिण अफ्रिकामा १ हजार ९६०, इराकमा ४ हजार २५४ जना थपिएका छन् । 

फिलिपिन्समा ४ हजार ४०, इन्डोनेसियामा ३ हजार ७३७, युक्रेनमा ३ हजार १४४, मोरक्कोमा २ हजार ४३० जना थपिएका छन् । 

विश्वभर ५५ औं स्थानमा रहेको नेपालमा शुक्रबार १ हजार ४५४ जना संक्रमित थपिए । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । 

शुक्रबार ५ हजार ६३८ जना थपिएका छन् । सबैभन्दा बढी भारतमा १ हजार २०२ जना थपिए । अमेरिकामा १ हजार ६८, ब्रजिलमा ८९९, मेक्सिकोमा ५५४, कोलम्बियामा २४३, अर्जेन्टिनामा २४१, इरानमा ११५, इन्डोनेसियामा १२०, रुसमा १०२, दक्षिण अफ्रिकामा ११३, चिलीमा ६९, स्पेनमा ४८ र नेपालमा ५ जनाको ज्यान गएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ