arrow

लद्दाखमा तिब्बत उदायो, चीनले भारतभन्दा पहिले तिब्बतीको सामना गर्नुपर्ने 

लद्धाखमा भारतको पक्षबाट चीनविरुद्ध लडिरहेका छन् तिब्बती

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २८ आइतबार
sff-laddakh-tibbet.jpg

काठमाडौं । पूर्वी लद्दाखमा पछिल्लो समय भारत र चीनबीच विवाद बढ्दै जाँदा  चीनले हस्तक्षेप गरेको केही भाग भारतले गत २९ र ३१ अगस्तमा फिर्ता ल्याएको छ । 

यसक्रममा भारतका लागि विशेषरुपमा लद्धाखमा रहेका तिब्बती मूलका सेनाले सहयोग गरिरहेका छन् । तिब्बती मुलक सेनाहरु जस्ले चीनसँगको सीमानामा भारतकालागि लडिरहेका छन् । अहिले यी तिब्बती सेनाको भारत लगायत तिब्बतको स्वतन्त्रताको पक्षमा रहेको देशहरुमा चौतर्फी प्रशंसा भइरहेको छ ।

लद्धाख आसपासमा रहेका तिब्बती मूलका शरणार्थीहरुलाई समेटेर बनाइएको सेना नै चीनविरुद्ध अघी सार्नुले तिब्बतका वासिन्दाहरुमाथि चीनले गर्ने क्रुर व्यवहार बिरुद्ध बदला लिने अवसर दिइएको रुपमा पनि अर्थ लगाइने गरेको पाइएको छ। 

आखिर को हुन् त तिब्बतको झण्डा फहराउँदै भारतको पक्षबाट चीनसँगको सीमानामा लडिरहेका छन् ?

भारतीय सेना अन्तर्गतको स्पेसल फ्रन्टियर फोर्स (एसएफएफ) भारतकोसँगै तिब्बतकै झण्डा बोकेर भारतीय सीमामा तैनाथ हुँदै आएको छ ।

सन् १९६२ को सिनो इन्डियन वारपछि चीनविरुद्ध उच्च हिमाली क्षेत्रमा लड्न सक्ने किसिमका सेना तयार पार्नका लागि भारतले एसएफएफको गठन गरेको थियो ।

हिमाली क्षेत्रमै बसोबास गर्ने मानिसहरु नै यो फोर्समा रहने गर्छन् । निकै तेजश्वी र उच्च हिमाली क्षेत्रमा लड्न सक्ने क्षमताका यी सेनाहरु भारतको लागि एक महत्वपूर्ण शक्ति हो ।

सन् १९६२ मा गठन भएदेखि एसएफएफले बंगलादेश लिब्रेसन वार एवं कार्गिल वारजस्ता धेरै युद्ध लडेको छ निकै कठिन तालिम प्राप्त एसएफएफ डाइरेक्ट एक्सन लिने एवं विशेष प्रतिकृयात्मक सेना हो ।

लद्दाखको राजधानी लेह नजिकको रहेको तिब्बती बस्तीमा लगभग प्रत्येक घरमा एसएफएफका सेवाकालिन वा सेवानिवृतहरु रहेका छन् ।

गत २९ अगस्टमा भारतीय सेनाले आफ्नो भुमीमा नियन्त्रण लिन गरेको  अपरेसनमा पनि यी एसएफएफले नै महत्वपूर्ण भुमिका निभाएको थियो ।

२९ अगस्टमा एसएफएफले नै भारतीय सेनाले चिनियाँ सेनामाथि विशेष निगरानी राख्ने सक्ने पेगंगोंग ताल नजिकका ब्ल्याकटप लगायतका क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिएको थियो ।

योसँगै अब भारतले चिनियाँ सैन्य गतिविधिमाथि उच्च भागबाट निगरानी राख्न सक्ने भएको बताइएको छ । लेहमा तिब्बतीहरुलाई चीनले जसरी नदवाइएको बरु भारतले सुविधा थपिदिएको तिब्बतीहरुले बताउँदै आएका छन् । जसकारण त्यहाँका नागरिकहरु चीनभन्दा भारतप्रति वफादारी निभाउँन तयार हुँदै सेनामा भर्ना भएर चीन बिरुद्ध नै मोर्चामा खटिएका छन् ।

रिटार्यड तथा सेवामा रहेका सेनाहरुले भारतको लागि लड्न पाउँनु अहोभाग्य रहेको भन्दै उनीहरुले भारत, तिब्बत र उनीहरु कार्यरत एसएफएफको पक्षमा नारा लगाउने गरेका छन् ।

यसरी चीनविरुद्ध तिब्बतीहरु नै भारतीय सीमामा तैनाथ भएपछि चीन सो क्षेत्रमा कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ ।

तिब्बतीहरु भारतीय सेनामा हुनु एक संवेदनशिल विषय हो तर, यसबीच त्यहाँको समुदाय भने भारत र भारतीय तिब्बती हुनकालागि सजिलै ज्यान दिन तयार रहेको  बताउँछन् ।

गत अगस्टमा ब्ल्याक टप नियन्त्रणमा लिने क्रममा विद्युतीय धरापमा परि भारतका लागि एसएफएफका कमाण्डर तिब्बती नेइमा तेन्जिनले ज्यान गुमाएका थिए । आफ्नी श्रीमती र तीन बच्चालाई छोडेर उनले भारतका पक्षमा सीमानामा लड्दै ज्यान गुमाएका थिए ।

यसै घटनामा घाइते भएका एसएफएफका सैनिक तेन्जिन लोडेनका पीता येसी लोडेनले भनेका छन्, “हामी दुईवटा युद्ध लडिरहेका छौं, एउटा भारतका लागि चीनसँग र अर्को तिब्बतका लागि चीनसँग र ती दुवै युद्ध हामी जितिरहेका छौं ।”

२२ वर्षअघि एसएफएफबाट रिटार्यड भएका येसी तेन्जिले यो आफुहरुका लागि सुनौलो अवसर भएको बताएका छन् ।

चीनको ठूलो कमजोरी भनेको तिब्बतमाथिको दाबी हो । जुन अझैं पनि तिब्बतीय नागरिकहरुलाई नै सह्य छैन् । 

यसबीच “भारतले तिब्बतलाई स्वतन्त्र देशका रुपमा घोषणा गरिदियो भने भारतसँग मिलेर तिब्बतीहरु चीनविरुद्ध लड्न तयार छन् र जसमा बेइजिङलाई चर्को मुल्य तिर्न बाध्य पार्नेछ ।” एक भारतीय उच्च अधिकारीले भनेका छन् ।

नेइमा तेन्जिन भारतीय नागरिक हैनन् । तर, पनि उनलाई भारतीय सैनिकले उच्च सलामी र मानप्रतिष्ठका साथ अन्तेष्ठि गरिदिएको छ । तर, चीनले भने भीडन्तमा कसैको पनि ज्यान नगएको भन्दै घोषणा गरेको छ ।
चीनका लागि यो पनि एक अर्को खतराको संकेत रहेको भारतीय बीजेपीका नेता एवं महासचिव राम माधव बताउँछन् ।

उसै पनि तिब्बती मुलका नागरिकहरु आफुहरुमाथि चिनियाँ सैनिकले गरेको शोषण र दमनको बदला दिन चाहन्छन् । येसी तेन्जिनले नै चिनियाँ सैनिकले आफ्नो ठूलो फार्महाउस कब्जा गरेको द वीकसँग भनेका छन्।

यसरी चीनसँग रुष्ट बनेका तिब्बती बासिन्दाहरुले भारतको साथ र सहयोग पाएसँगै आफ्नो गौरव बढेको बताएका छन् । 

तिब्बती संसदका सदस्य लग्गरी नमग्याल डोल्करले भनेका छन्, “तिब्बत मेरो जन्मभुमी हो र भारत मातृभुमी हो । चीनले तिब्बतीयन र दलाई लामाका लागि लड्न खोजिरहेको हैन् चीनले जसरी तिब्बत कब्जा गर्यो त्यसरी नै लद्दाखलाई पनि कब्जा गर्न खोजिरहेको छ ।”

त्यस्तै डोल्करका काका एसएफएफका पूर्व कमान्डोले भनेका छन्, “हामी भारतका लागि आफ्नो देह त्याग्न तयार छौं किनकी भारत हाम्रो मातृभुमि हो र हामी चीनलाई हराउँन चाहन्छौं किनकी हामी तिब्बतका लागि लड्न चाहन्छौं ।”

एसएफएफका पूर्व कमाण्डहरुले तिब्बत जस्तै लद्दाखमा पनि कब्जा गर्न चीनले चालिरहेका हरेक रणनीतिहरुमाथि आफुहरु सचेत रहेको बताएका छन् ।

तिब्बती मुलका नागरिकहरु एवं एसएफएफ सैनिकहरु आफुहरु अब चीनभन्दा बढी सचेत भइसकेका बताउँछन् । र उनीहरु भारतमात्रै हैन्, नेपाल, भुटान, पाकिस्तान, बंगलादेश र म्यानमार लगायतका देशको अखण्डता जोगाउन भारतको नेतृत्वमा चीनविरुद्ध उत्रिनुपर्ने बताउँछन् ।

तिब्बती कबि एवं कार्यकर्ता तेन्जिन सुन्डुले भने, “यो तिब्बत र लद्दाखको विषय मात्रै हैन् सबै छिमेकी देशहरुको हो । त्यसैले भारतको नतृत्वमा सबैले हिड्नु जरुरि छ ।”

यसरी लद्दाखमा चीनविरुद्ध भारत मात्रै हैन आफ्नो स्वतन्त्रताको झण्डा उचालेर तिब्बती सेना नै खडा भएको छ । यसले बेइजिङलाई अब लद्दाखतर्फको नजर एवं रणनीतिहरुमा पछि सर्नुपर्ने संकेत गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ