arrow

शान्ति वार्ताअघि अफगानी उपराष्ट्रपतिमाथि भएको आक्रमणको अन्तर्राष्ट्रियस्तरबाट निन्दा

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २८ आइतबार
flag-afganistan.jpg

काबुल । अफगानिस्ताको शान्तिका लागि अफगान सरकार र तालिबानी समूहबीच हुने भनिएको शान्तिवार्ताको पूर्वसन्ध्यामा उपराष्ट्रपति अम्रउल्लाह सालेहमाथिको आक्रमणको अन्तर्राष्ट्रियस्तरबाट चर्को निन्दा र आलोचना भइरहेको छ । 

बुधबार बिहान उपराष्ट्रपतिलाई निशाना बनाएर गरिएको आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । उपराष्ट्रपति सालेह घाइते भएका छन् ।

जब इन्ट्रा-अफगान शान्ति वार्ताको एक साताअघि भएको आक्रमणका अफगान नेताहरू र अन्तर्राष्ट्रिय समुदायका सदस्यहरूले निन्दा गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छन् । 

केही विश्लेषकहरूको अनुमान छ कि यो आक्रमण सालेहले आइतबार तोलो न्युजलाई दिएको अन्तर्वार्ताको बदलाको रुपमा लिइएको छ । उक्त अन्तर्वार्तामा उपराष्ट्रपति सालेहले तालिवानको आलोचना गरेका थिए । 

राष्ट्रपति कार्यालये एक विज्ञप्तिमार्फत उपराष्ट्रपति सालेहलाई निशाना बनाएर गरिएको हमलाको भर्त्सना गरेको छ । त्यसैगरी आक्रमणले शान्तिप्रतिको जनताको तीव्र इच्छालाई कमजोर नपार्ने र सुरक्षा तथा रक्षा बलले आतंकवादकोविरूद्ध निरन्तर संघर्ष गरिरहने विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय मेलमिलापको लागि उच्च परिषद्का अध्यक्ष अब्दुल्ला अब्दुल्लाहले उक्त घटनापछि सालेहसँग भेट गर्दै हमलाको निन्दा एवं गम्भीर छानबिन गर्न आह्वान गरेका छन् ।

पूर्व राष्ट्रपति हामिद कारजइले उक्त हमलाको निन्दा गरेर भने कि अफगानिस्तान र तालिबानबीचको वार्ता चाँडै सुरु हुनेछ । अफगानी जनताले मुलुकमा शान्ति र सुरक्षा स्थापित गर्दै अफगानी जनताको पीडा र संकटबाट बचाउने अपेक्षा कारजइले गरेका छन् ।

शान्ति वार्तामा अफगान सरकारका मुख्य वार्ताकार मासुम स्टानकजाईले उक्त हमलालाई 'अव्यावहारिक' भन्दै हिंसा अन्त्य गर्न आह्वान गरेका छन् । पाकिस्तानका राष्ट्रपतिका विशेष दूत मोहम्मद उमर दौडजईले पनि पहिलो उपराष्ट्रपति सालेहमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायले उक्त हमलाको निन्दा गर्दै आक्रमणकर्तालाई शान्ति प्रक्रिया बिगार्न खोजेको भन्दै अफगान सरकारप्रति समर्थन जनाएका छन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सालेहमाथिको हमलाको भारतले कडा शब्दमा निन्दा गरेको बताए । "मुलुकमा स्थायी शान्ति स्थापना गर्न" आतंक पूर्वाधार उन्मूलन गर्ने लडाईमा भारत अफगानिस्तानको साथ खडा हुनेसमेत जनाइएको छ ।

काबुलका ईयू प्रतिनिधिहरूले पहिलो उपराष्ट्रपति सालेहको बिरूद्ध "कायरतापूर्ण आक्रमण" को कडा शब्दमा निन्दा गरेको छ ।

अफगानिस्तानमा नाटोका वरिष्ठ नागरिक प्रतिनिधि, स्टेफानो पोन्टेभ शेभ्डले एक ट्वीटमा फर्स्ट भीपी सालेहको आक्रमणको निन्दा गर्दै यसो भनेका छन्, "शान्तिका शत्रुहरूले हिंसा रोक्न र अन्तर-अफगान वार्ता सुरु गर्ने अफगान जनताको चाहनालाई बेवास्ता गरिरहेका छन् ।"

काबुलस्थित जर्मन दूतावासले ट्वीटरमा भनेको छ कि त्यस्ता कार्यहरू कहिल्यै स्वीकार्य हुँदैनन् र यसलाई अफगान शान्ति प्रक्रिया बिगार्ने प्रयासको रूपमा मात्र हेर्न सकिने जनाएको छ । 

अफगानिस्तानका लागि क्यानाडाका राजदूत डेभ मेटकफेले एक ट्वीटमा सालेहको काफिलामा भएको आक्रमणको निन्दा गर्दै भनेका छन्, "यस मुलुकमा शान्ति ल्याउन अथक प्रयास गरिरहेका कसैलाई पनि कसैले त्यस्तो अनावश्यक हिंसाबाट ग्रस्त हुनु हुँदैन ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ