arrow

डिसहोमको ‘द स्ट्रिङ्स’ दोस्रो चरणमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २९ सोमबार
strings-png-logo-low-res_(1).jpg

काठमाडौं । डिशहोमले सुरु गरेको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ दोस्रो चरणमा प्रवेश गरेको छ ।

अँग्रेजी गीतको गायन प्रतियोगिता द स्ट्रिङ अडिसन राउण्डबाट १० प्रतियोगी छनौट गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगितामा दर्शकको भोट तथा निर्णायकहरुको छनौटबाट १० जना उत्कृष्ट सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइएको डिशहोमले जानकारी दिएको छ ।

उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोडगरी भोटिङको आह्वान गरिसकेको पनि डिशहोमले जानकारी दिएको छ ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गरी थप हौसला प्रदान गने उदेश्यले डिशहोमले द स्ट्रिङको सुरुवात गरेको डिशहोमले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ