arrow

बाँकेमा २९ जना संक्रमित थपिए

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
bheri-hospital.jpg

नेपालगन्ज । बाँकेमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पतालमा गरिएको परिक्षणमा खजुराका ८, कोहलपुरका ७, नेपालगन्जका ६ जना, राप्तीसोनारीको ढकेरीका १ जना, बाँके ठेगाना भएका १ जना, सशस्त्र प्रहरीका १ तथा दैलेख, बैतडी र बर्दिया स्थायी ठेगाना भएका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

उनका अनुसार बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा बैजनाथका १ र नेपालगन्जका १ जनामा पनि कोरोना देखिएको छ । 

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६९ पुगेको छ । हालसम्म १ हजार ३६ जना निको भएका छन् । ८ जनाको भने मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ