arrow

रुस नियम उल्लंघन गर्ने राष्ट्रको सूचीमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1652774331.jpeg
एजेन्सी । विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रुसलाई नियम उल्लंघन गर्ने राष्ट्रको सूचीमा राखेको छ । रुससहित वाडाले हालसम्म ६ देशलाई नियम उल्लंघनको कारबाही गरिसकेको छ । 
 
रुस अघि कारबाहीमा पर्ने मुलुकहरुमा विश्व फुटबलको महारथी अर्जेन्टिना, युक्रेन, बोलिभिया, एण्डोरा र इजरेल हुन् । यी राष्ट्रले नियम उल्लंघन गरेर गैर कानूनी रुपमा खेल गतिविधि गरेको वाडाको ठहर छ । 
 
यसैगरी, ब्राजिल, बेल्जियम, फ्रान्स, ग्रिस, मेक्सिको र स्पेन समेत वाडाको विशेष निगरागनीको सूचीमा छन् । वर्ष २०१६ को मार्चमा यी राष्ट्रको विषयमा आधिकारिक निर्णय हुने वाडाले जनाएको छ । वाडाले केन्यालाई भने आफ्नो मुलुकमा डोपिङ नियन्त्रणका लागि भएका गतिविधिबारे जानकारी दिन भनेको छ । 
 
केन्याको जवाफ सन्तोषजनक नभए प्रतिबन्धको सामना गर्नेछ । डोपिङको आरोप लागेका १५ जना केन्याली खेलाडी हाल पनि प्रतिबन्धमा छन् । एथ्लेटिक्स प्रशासनिक निकाय आएएएफले ती खेलाडीलाई प्रतिबन्ध गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ